को हुन् क्रिष्टियानो रोनाल्डोकी दुलही ?
अन्ततः फुटबलका सुपरस्टार क्रिष्टियानो रोनाल्डोले विवाह गरे ।
१० वर्षको सम्बन्ध र दुई छोराछोरी जन्मेपछि रोनाल्डोले आफ्नी प्रेमिका मोडल तथा इन्फ्लुन्सर जर्जिना रोड्रिगेजसँग विवाह गरे ।
उनीहरुको विवाह कुनै भव्य समारोहमा होइन, पोर्चुगलको राजधानी लिस्बन नजिकैको समुद्री तटीय सहर कास्काइसस्थित रोनाल्डोको निवासमा सीमित आफन्तहरुको बीचमा सामान्य रुपमा भयो ।
उनीहरुको विवाहको जानकारी दिने आधिकारिक फोटो एउटा मात्र सार्वजनिक भएको छ । रोनाल्डोले आफ्नो इन्स्टाग्राम एकाउन्टमा औंठी लगाएका दुई हातको फोटो राखेका छन् ।
रोनाल्डो ४१ वर्षका भए भने जर्जिना ३२ वर्षकी भइन् ।
रोनाल्डो र जर्जिना रोड्रिगेजको भेट सन् २०१६ मा स्पेनमा भएको थियो । त्यतिबेला रोनाल्डो रियल मड्रिडबाट फु्टबल खेल्थे । जर्जिना इटालियन लक्जरी फेसन ब्राण्ड गुचीको स्टोरमा सेल्स असिस्टेन्टको रुपमा काम गर्थिन् ।
उनीहरुको पहिलो भेट गुची स्टोरमा नै भएको थियो । जर्जिनाका अनुसार पहिलो भेटबाटै उनीहरु एक अर्काप्रति आकर्षित भएका थिए ।
सन् २०१७ को जनवरीमा जुरिचमा आयोजित द बेस्ट फिफा फुटबल अवार्ड सेरेमनीमा उनीहरु पहिलो पटक सँगै उपस्थित भएका थिए । त्यसपछि नै उनीहरुको सम्बन्ध सार्वजनिक भएको थियो ।
जर्जिनासँगको भेटअघि नै रोनाल्डो ३ सन्तानका बाबु भइसकेका थिए । उनको पहिलो सन्तान २०१० मा नै जन्मिसकेको थियो ।
सन् २०१७ मा रोनाल्डो र जर्जिनाको पहिलो बच्चा जन्मिएको थियो । तर पहिलो बच्चा पाउनुअघि नै जर्जिना रोनाल्डोका छोराछोरीसँग घुलमिल भइसकेकी थिइन् ।
लामो अवधि प्रेम सम्बन्धमा रहे पनि उनीहरुको विवाह सन् २०२५ मा मात्र फिक्स भएको थियो । २०२५ को ११ अगस्टमा नै उनीहरुले इंगेजमेन्ट गरेका थिए ।
जर्जिना अर्जेन्टिनामा जन्मेर स्पेनमा हुर्केकी हुन् । उनीसँग भेट हुँदा रोनाल्डो विश्वप्रसिद्ध भइसकेका थिए । तर जर्जिना रोनाल्डोकी पार्टनर र उनका बच्चाको आमा मात्र भएर बसिनन् । उनले मोडलिङ करिअरलाई अगाडि बढाइन्, आफ्नै बिजनेस गरिन् र इन्फ्लुएन्सरको छवि पनि बनाइन् ।
रोनाल्डोसँगको सम्बन्धपछि जर्जिनाले विश्वप्रसिद्ध पब्लिकेसन र ब्रान्डहरु भोग, हार्परर्स बजार, एलीलगायतसँग काम गरिन् । उनले विश्वप्रसिद्ध फेसन सोहरुमा पनि सहभागिता जनाएकी छन् । जर्जिनाको इन्स्टाग्राममा ७४ मिलियन फलोअर्स रहेका छन् । उनले त्यहाँ पनि विभिन्न ब्राण्डहरुसँग पेड पार्टनरसिपमा फोटोहरु राख्ने गरेकी छन् ।
रोनाल्डो र जर्जिनाको इंगेजमेन्टपछि उनीहरुले एउटा रियलस्टेट एजेन्सी पनि स्थापना गरेका छन् ।
भुटानले बनाउँदैछ भव्य र अचम्मको नयाँ शहर
बच्चाले सिटबेल्ट लगाउन नमानेपछि फ्लाइट नै क्यान्सिल !
कसरी रह्यो सिंहदरबार नाम ?
एउटा शहरजत्रै ठूलो एयरपोर्ट








