चीनले समुन्द्रमुनि सुरुङ खनेर बनाउँदैछ रेलमार्ग
समुन्द्रमुनि सुरुङ खनेर रेलमार्ग, त्यो पनि हाइस्पिड रेल ।
घण्टाको २५० किलोमिटरको गतिमा रेल कुद्ने सुरुङ मार्ग ।
यो हाइस्पिड रेल टनेल बन्दैछ, हाम्रै उत्तरी छिमेकी देश चीनमा ।
पूर्वी चीनको जेजाङ राज्यमा अहिले धमाधम बनिरहेको छ, जिन्ताङ अन्डर सी टनेल । अर्थात् समुद्रमुनिको सुरुङ मार्ग ।
यो सुरुङ विश्वकै लामो समुद्रमुनिको सुरुङ हो ।
यो सुरुङले चीनको तटीय शहर निङ्बोलाई अर्को टापु शहर जोसाङसँग जोड्छ ।
यो सुरुङमार्गको लम्बाई छ, १६.१८ किलोमिटर ।
जसको ११.२१ किलोमिटर खण्ड चाहिँ शिल्डले कभर गरिएको हुन्छ । किनकी त्यो भाग पानीमुनि पर्छ र अति संवेदनशील पनि मानिन्छ ।
चीनले समुद्रमुनि सुरुङ खन्न विशेष खालको दुईवटा टनेल बोरिङ मेसिन बनाएको छ ।
एउटा मेसिनले निङ्बोतिरबाट सुरुङ खनिरहेको छ भने अर्को मेसिनले जोसाङतिरबाट खनिरहेको छ ।
यो सुरुङ बनाउने कम्पनी हो, चाइना रेल वे फोटिन्थ ग्रुप कम्पनी ।
कम्पनीका अनुसार यो टनेल बोरिङ मेसिनले माटो र चट्टानहरुलाई काटेर सुरुङ बनाउँछ, अनि त्यो सुरुङलाई बाहिरबाट शिल्डले कभर गर्छ ।
टनेल बोरिङ मेसिनले समुद्र सतह भन्दा ९२ मिटर गहिराइसम्म गएर सुरुङ खनेको छ ।
पानीमुनि सुरुङ खन्दा पानी र माटोको अत्यधिक प्रेसरले गर्दा काम गर्न भने धेरै नै कठिन छ ।
अझ त्यहाँ चट्टान र माटो धेरै निस्केका पन्छाउन झनै सकस छ ।
तर यहाँ प्रयोग गरिएको टनेल बोरिङ मेसिन पनि चानचुने छैन ।
त्यो मेसिनले टनेल खन्ने काम मात्र गर्दैन । त्यहाँ ९ जनासम्म कामदार बस्न मिल्छ । त्यो मेसिनलाई गुडाएर यताउता लैजान पनि मिल्छ ।
अनि मेसिनबाट टनेल खन्ने कामको अनुगमन र नियन्त्रण गर्न पनि सकिन्छ । यो प्रविधि सबै चीनमै डिजाइन गरिएको हो ।
यो सुरुङको लागत ४ अर्ब अमेरिकी डलर अनुमान गरिएको छ । सन् २०२४ को अक्टोबरदेखि सुरुङ खन्न थालिएको थियो ।
निर्माण टोलीले एक दिनमा सरदर १६ मिटरका दरले सुरुङ खनिरहेको छ ।
सबै कुरा भनेकै जस्तो भएमा सन् २०२६ को अन्तिमसम्म सुरुङ ब्रेक थ्रु हुनेछ । अनि सन् २०२८ सम्ममा यो सुरुङबाट रेल पनि चल्न थाल्नेछ ।
अहिले निङ्बोबाट जोसान जान कि फेरी चढ्नुपर्छ कि समुद्रमाथि बनाइएको पुलबाट जानुपर्छ । समय करिब डेढ देखि दुई घण्टा लाग्छ ।
यो सुरुङ तयार भएपछि समुद्र मुनिबाट प्रतिघण्टा २५० किलोमिटरको गतिमा रेल चल्छ । र ३० मिनेटमै पुगिन्छ ।
समुद्रमुनि बनेको हाइस्पिड रेल वे कस्तो होला ? चीनले संसारलाई यस्ता अनेक अद्भूत प्रोजेक्टहरु देखाइरहेको छ ।
इजिप्टले मरुभूमि खोतलेर बनाउँदैछ कृत्रिम नाइल नदी
किशोर श्रेष्ठ पक्राउमाथि किन उठ्यो प्रश्न ?
भुटानले बनाउँदैछ भव्य र अचम्मको नयाँ शहर
को हुन् क्रिष्टियानो रोनाल्डोकी दुलही ?








