कुमारी बैंक र हेल्भेटास नेपालबीच समझदारी, हरित उद्यमीले लाभ पाउने
नेपालमा हरित अर्थतन्त्रमा संलग्न उद्यमी, किसान र युवाद्वारा सञ्चालित व्यवसायलाई सहयोग पुर्याउन कुमारी बैंक र हेल्भेटास नेपालबीच समझदारी भएको छ ।
दुई संस्थाले हरित उद्यम तथा हरित मूल्य शृङ्खलामा आधारित व्यवसायका लागि वित्तीय पहुँच विस्तार र मूल्य शृङ्खला वित्तीयकरणलाई प्राथमिकतामा राख्ने गरी समझदारी गरेका हुन् ।
सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख मार्केटिङ तथा लगानी अधिकृत चन्दन कार्की र हेल्भेटास नेपालका कन्ट्री डाइरेक्टर मनीष प्रधानले हस्ताक्षर गरेका छन् ।
कुमारी बैंकका दिगो बैंकिङ प्रमुख अर्पण पौडेलका अनुसार हरित उद्यम विकासका लागि प्रयत्नरत व्यवसाय तथा उद्यमीहरूलाई वित्तीय स्रोत र आवश्यक ब्यवसायिक क्षमता विकासमा बैंकले सहयोग गर्नेछ ।
यस सहकार्यले वित्तीय संस्था, उद्यमी, कृषक तथा हरित मूल्य शृङ्खलामा संलग्न अन्य सरोकारवालाबीच थप प्रभावकारी सम्बन्ध स्थापना हुने बैंकको भनाइ छ ।
यो समझदारीले समावेशी आर्थिक विकास, उद्यम प्रवद्र्धन तथा मूल्य शृङ्खला सुदृढीकरणमा हेल्भेटास नेपालको अनुभवलाई कुमारी बैंकको वित्तीय विशेषज्ञता, सेवा तथा व्यापक पहुँचसँग जोडेको बैंकले जनाएको छ ।
महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न अस्पताल र होटलमा छुट
नाइमा एक्स्पोमा गाडी किन्न ५.२५ प्रतिशतमै लोन
अल्टिमाले ल्याउँदैछ नयाँ हेडफोन, अफरमा १९ रुपैयाँमै पाइने
महालक्ष्मी विकास बैंकलाई राइजिङ स्टार ग्रोथ अवार्ड









