नेभिगेशन
कर्पोरेट

अल्टिमाका स्पिकरमा ४५ प्रतिशतसम्म छुट

तीजको माहोल सुरु भइसक्यो । दिदी बहिनीहरु नाचगान र रमाइलोमा झुम्न थालिसके । 

यो बेला तपाईंलाई स्पिकर र साउन्ड सिष्टमहरु चाहिएको छ भने अल्टिमाले तीजका लागि सेल योजना ल्याएको छ । 

अल्टिमाले टेकी तिज सेल अफरमा स्पिकरहरुमा ४५ प्रतिशतसम्म डिस्काउन्ट दिएको छ । हालै बजारमा आएको अल्टिमा बुमबक्स १३० र अल्टिमा वेभोबारमा समेत अफर दिइएको छ । 

अल्टिमाका स्पिकरमा ४५ प्रतिशतसम्म डिस्काउन्ट छ भने अरु प्रडक्टहरुमा ४० प्रतिशतसम्म डिस्काउन्ट छ । 

अल्टिमाको आफ्नै आउटलेट वा अनलाइन प्लाटफार्मबाट किन्दा पनि डिस्काउन्ट पाइनेछ ।

यो सेल अफरमा सामान किन्ने ग्राहकलाई अर्को पनि अफर छ । उनीहरुले औरिभा क्लोजेटबाट सामान किन्दा २५ प्रशित छुट पाउँछन् । अल्टिमाको सामान किनेको बिल देखाएपछि औरिभा क्लोजेटले ग्राहकलाई छुट दिन्छ । 

यो सेल अफर २१ अगस्टदेखि ५ सेम्टेम्बरसम्म मात्र रहन्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप कर्पोरेट