रसुवा बाढी प्रभावितका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले १ करोड दिने
भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्दार, राहत र पुनर्स्थापनाका लागि एक्ट्रिम इनर्जी ड्रिंक्सले १ करोड रुपैयाँ सहयोग घोषणा गरेको छ ।
विपदको घडीमा प्रभावित परिवार र सर्वसाधारणको पीडा न्यूनिकरण गर्न तथा उद्दार, राहत र पुनर्स्थापनामा सरकारलाई साथ दिन प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले विपदको समयमा जोखिम मोलेर उद्दार र राहतमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी स्वयंसेवक, स्थानीय समुदाय, सरकारी र गैरसरकारी निकायप्रति सम्मान व्यक्त गरेको छ । अनि बाढी प्रभावित नागरिकप्रति गहिरो समवेदना, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना र ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
बुधबार विहान रसुवामा भोटेकोशी नदीमा आएको बाढीले रसुवा र नुवाकोट जिल्लाका नदी किनारका धेरै बजार बगाएको छ । अहिलेसम्म कति मानिसको मृत्यु भयो, कति घाइते, बेपत्ता र घरबारविहीन भए भन्नेसमेत पत्ता लाग्न सकेको छैन । बिहीबार विहानसम्म नदी किनारका बस्तीहरुमा उद्दारको काम चलिरहेको छ ।
बाढी प्रभावितका लागि कुमारी बैंकले सरकारलाई दियो ३ करोड ३९ लाख
अल्टिमाका स्पिकरमा ४५ प्रतिशतसम्म छुट
कुमारी बैंक र हेल्भेटास नेपालबीच समझदारी, हरित उद्यमीले लाभ पाउने
महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न अस्पताल र होटलमा छुट




-1787582411.jpg)



