नेभिगेशन
कर्पोरेट

बाढी प्रभावितका लागि कुमारी बैंकले सरकारलाई दियो ३ करोड ३९ लाख 

बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुन्स्थापनाका लागि कुमारी बैंकले सरकारलाई ३ करोड ३९ लाख रुपैयाँ सहयोग गरेको छ । 

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको ३ करोड रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा जम्मा गरेको छ । त्यस्तै विपद् प्रभावित क्षेत्रहरूमा खोज, उद्धार तथा अनुगमन प्रभावकारी बनाउन ३९ लाख बराबरको ५ वटा अत्याधुनिक एआईजडित निगरानी ड्रोन, ३ वटा ५ केभीए क्षमताका पोर्टेबल जेनेरेटर तथा १०० वटा पावर बैंक नेपाली सेनाको नुवाकोटस्थित क्याम्पमा पठाएको छ । 

बैंकका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन लगायतका जिल्लाका विपद प्रभावित परिवारलाई राहत, खाद्यान्न, अस्थायी आश्रय तथा अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउन सरकारलाई सहयोग गरिएको हो । 

बुधबार बिहान रसुवाको भोटेकोशीमा आएको बाढीले रसुवा र नु्वाकोट जिल्लाका नदी किनारका धेरै बस्ती बगाएको छ । बाढीका कारण कति जनाको मृत्यु भयो यकिन छैन । बिहीबार दिउँसोसम्म सरकारी निकायले १७० भन्दा धेरैको मृत्यु भएको विवरण सार्वजनिक गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप कर्पोरेट