भोटेकोशीमा किन आयो बाढी ? चिनियाँ विज्ञले दिए ४ कारण
सयौं मानिस र हजारौं घर बगाउने रसुवा बाढी के कारणले आयो ? अहिले धेरैको चासो यसैमा छ । चीनमा नदी थुनिएर एक्कासी फुटेको, हिमपहिरो खसेर हिमताल फुटेकाले बाढी आएको अनेक चर्चा भएका छन् ।
चीनको छेन्दु युनिभर्सिटी अफ टेक्नोलोजीका अध्यक्ष तथा चिफ साइन्टिस सु कियाङले भोटेकोशीमा बाढी आउनुको चारवटा कारण दिएका छन् । उनले दिएका कारण के के हुन् हेरौं :
पहिलो कारण, एकदमै अग्लो उचाइ र भिरालो जमिन । बाढी प्रभावित क्षेत्रमा नदी धेरै गहिराइमा बगेको छ भने त्यहाँ वरपरको अग्लो हिमालको उचाइ ६ हजार ७८१ मिटरसम्म छ । जहाँ ५ हजार मिटरदेखि हिउँ तथा हिमपहिरोको जोखिम रहन्छ ।
केरुङ नाका समुद्र सतहदेखि १ हजार ८३० मिटर उचाइमा पर्छ । नदीको सतह धेरै तल रहेको र माथिदेखि हिमपहिरो र पहिरो खसेका कारण नदीमा लेदोसहितको बाढी आएको हो ।
दोस्रो कारण हो, माटो र ढुंगासँगै बगाएका अरु सामानहरु । अरु सामान भन्नाले काठपात, रुखका हाँगाबिगा आदि हुन सक्छन् । लेदोमाटोसँगै नदीले नदीले अरु के के बगाएको थियो भन्ने यकिन छैन । तर करोडौं क्युबिक मिटर बस्तुहरु पानीमा मिसिएको थियो । यसले नदीको सतह बढाउन ठूलो भूमिका खेल्यो ।
तेस्रो कारण हो, त्यो क्षेत्रमा विपदको उच्च जोखिम । धेरै घरहरु भोटेकोशी –तल्लो क्षेत्रमा त्रिशुली भनिन्छ) नदीको किनारमा नै थिए । त्यसैले नदीमा लेदोमाटो सहितको बाढी आउँदा नदीको सतह घरहरु भएको ठाउँसम्म पुग्यो ।
चौथो कारण हो, हिउँ र चट्टानको पहिरो । हिउँ र चट्टानको पहिरो एकदमै अनिश्चित हुन्छ, यो एकदमै छिटो जान सक्छ । लेदोमाटो सहितको पहिरोमा हिउँ र चट्टान पनि मिसिएपछि त्यसको आकार पनि बढ्यो र त्यसको गति पनि बढ्यो जसले गर्दा मान्छेहरु भाग्न पनि पाएनन्, धेरै ठूलो क्षति भयो ।
यी सबै कारण एकै पटक देखिएकाले यो बाढीले ठूलो क्षति पुर्याएको हो भन्ने वैज्ञानिक सु को तर्क छ ।
नेपालमा सुन तस्करीमा चिनियाँ गिरोह फेरि सक्रिय, भंगालमा थियोे प्रशोधन कारखाना
लुटेराको बिगबिगी : मर्निङवाक गर्ने र राति हिँड्नेहरु टार्गेटमा
ऋणले जोडेको घर र घडेरी रहेन बाँकी
'जलवायु न्याय' राष्ट्रसंघको दस्तावेजको सुन्दर वाक्यमा सीमित हुनुहुँदैन
रोनाल्डोको दुःखान्त : धुर्वेलाई जितेर राज गर्यो, करेन्टलाई जित्न सकेन




-1791552864.png)




