१५ हजार पर्ने इयरबड्स अल्टिमाले ल्यायो ६ हजारमै
अल्टिमा लाइफस्टाइलले नेपालमा १५ देखि २० हजार रुपैयाँ पर्ने अत्याधुनिक इयरबड्स केवल ६ हजार रुपैयाँमै ल्याएको छ ।
सेप्टेम्बर ८ तारेखमा सार्वजनिक गर्ने अल्टिमा आउरा इयरबड्स हाई रेस अडियो प्रमाणपत्र र सोनी एलडीएसी सुविधा भएको नेपालकै पहिलो एयरबड्स ब्राण्ड भएको अल्टिमाको दाबी छ । यो इयरबड्समा सोनीद्वारा समायोजन गरिएको हाइ रेस अडियो र सोनी एलडीएसी, ६ वटा माइक्रोफोनसहित स्पष्ट आवाज र एआई इएनसी सुविधा छ ।
त्यस्तै यो ५० डेसिबलसम्म हाइब्रिड एएनसी, थ्रीडी अडियो, ११ मिलिमिटरका २ वटा टाइटेनियम चालक, ५० घण्टासम्मको ब्याट्री ब्याकअप, १० मिनेट चार्ज गर्दा १८० मिनेट चल्न सक्ने सुपर सोनिक चार्जिङ र एकै पटक दुईवटा उपकरणमा जोड्न सकिने एयरफोन हो ।
यसमा पानी प्रतिरोधी सुविधा, हराएको उपकरण पत्ता लगाउने सुविधा पनि रहेको छ । अल्टिमा आउरा इयरबड्सको अधिकतम खुद्रा मूल्य ५ हजार ९९९ रुपैयाँ रहेको छ । यसको विशेष सुरुवाती मूल्य ३ हजार ४९९ रहेको छ । यो विशेष मूल्य भने सीमित समयका लागि मात्र हो ।
अल्टिमा लाइफस्टाइलका महाप्रबन्धक प्रज्वल ढकालका अनुसार अल्टिमा आउरा इयरबड्स अल्टिमाका लागि पनि विशेष उत्पादन हो ।
'यो केवल नयाँ इयरबड्स मात्र होइन। एउटा नेपाली प्रविधि ब्रान्डले ठूलो सोच राखेर कति अगाडि जान सक्छ भन्ने देखाउने हाम्रो प्रयास पनि हो। हाइ रेस अडियो र सोनी एलडीएसी को यो उपलब्धि हासिल गर्ने पहिलो नेपाली ब्रान्ड बन्न पाउनु अल्टिमामा आवद्ध हामी सबैका लागि गर्वको क्षण हो', उनले भने ।
अल्टिमा आउराका नेपाली उपभोक्ताले नेपाली ब्रान्डलाई हेरेर “हामीले पनि यस्तो बनाउन सक्छौं” भन्ने गर्व गर्न सक्ने अल्टिमाको दाबी छ ।
अल्टिमा आउराको मुख्य विशेषता भनेको यसको आवाज हो । उपयुक्त मोबाइल उपकरण र अडियो सामग्रीसँग प्रयोग गर्दा यसले संगीतमा रहेका सूक्ष्म ध्वनि, स्पष्टता र गहिराइलाई अझ राम्रोसँग अनुभव गर्न सहयोग गर्नेछ।
यसको चार्ज गर्ने बाकसमा बहुउपयोगी घुम्ने नियन्त्रण चक्र राखिएको छ। यसलाई अल्टिमा लिंक एपमार्फत आफ्नो आवश्यकता अनुसार परिवर्तन र नियन्त्रण गर्न सकिन्छ। यसले इयरबड्स प्रयोग गर्ने अनुभवलाई अझ सहज र फरक बनाउँछ।
ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव
बाढी प्रभावितका लागि कुमारी बैंकले सरकारलाई दियो ३ करोड ३९ लाख
रसुवा बाढी प्रभावितका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले १ करोड दिने
अल्टिमाका स्पिकरमा ४५ प्रतिशतसम्म छुट








