3 Minute
स्कुलमा हड्ताल, काठमाडौंका सडकमा सिठी फुक्दै शिक्षक
- चैत २० गतेदेखि काठमाडौंमा आन्दोलन चलिरहे पनि विद्यालयहरु खुलिरहेका थिए । शिक्षकहरु पालो गरेर आन्दोलनमा आएका थिए ।
- शिक्षक महासंघले चैत २५ गतेदेखि शैक्षिक हड्ताल घोषणा गरेको छ, अब सबै विद्यालय बन्द हुनेछन् । अनि शिक्षक–कर्मचारीहरु सबै आन्दोलनमा आउने महासंघले जनाएको छ ।
- शिक्षा विधेयक हाल प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन छ । त्यो विधेयकमा शिक्षकका माग समेटेर जारी नहुँदासम्म आन्दोलन जारी रहने शिक्षकहरुको अडान छ ।
- यसका लागि सरकारसँग वार्ता, छलफल, सहमति केही पनि आवश्यक नभएको उनीहरुको भनाइ छ । आन्दोलनको पाँचौं दिन आइतबार पनि शिक्षकहरुले काठमाडौंको माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरे । आन्दोलनमा सहभागी सबै शिक्षकले सिठी फुक्दै सडक प्रदर्शन गरेका थिए ।
प्रकाशित मिति:
आइतबार, चैत २४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute

संविधान दिवशका दिन मधेशका दलले विरोध प्रदर्शन गर्ने
बिहीबार, असोज २, २०८२

सेयर बजारमा पहिरो, तीनपटक सर्किट ब्रेक लागेर बन्द
बिहीबार, असोज २, २०८२

मैले क्रिकेटबाट के सिकेँ भने ...
बुधबार, असोज १, २०८२

ब्यापारी भन्नेवित्तिकै ठग हुन् भन्ने भाष्य बनाइएको छ
बुधबार, असोज १, २०८२

भाटभटेनी स्टोरमा थप एक जनाको शव भेटियो
बुधबार, असोज १, २०८२

बागमती प्रदेशसभाका सभामुखले दिए राजीनामा
बुधबार, असोज १, २०८२
ट्रेन्डिङ