3 Minute
श्रम शोषणमा डाक्टर : ४८ हजार तलब माग्दै सडकमा
- निजी मेडिकल कलेजमा अध्ययनरत रेजिडेन्ट डाक्टरले ४८ हजार रुपैयाँ निर्वाह भत्ता माग गर्दै माइतीघर मण्डलमा विरोध प्रर्दशन गरेका छन् ।
- माघ २५ गते चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले निजी मेडिकल कलेजमा एमडी, एमएस र एमडीएस अध्ययनरत रेजिडेन्ट डाक्टरलाई आठौं तहको मेडिकल अधिकृत सरह निर्वाह भत्ता दिनुपर्ने निर्णय गरेको थियो ।
- सरकारी मेडिकल कलेजमा पढ्ने रेजिडेन्ट डाक्टरले भने आठौं तहको मेडिकल अधिकृतले सरह मासिक ४८ हजार रुपैयाँ निर्वाह भत्ता पाइरहेका छन् । निजी मेडिकल कलेजले भने २० हजार रुपैयाँ दिँदै आइरहेका छन् ।
- चिकित्सा शिक्षा आयोगले निर्णय गरेपनि निजी मेडिकल कलेजहरुले रेजिडेन्ट डाक्टरलाई मासिक ४८ हजार रुपैयाँ दिन नसक्ने घोषणा नै गरेका छन् ।
- निजी मेडिकल कलेजहरुले आयोगको निर्णय पनि नमानेर दादागिरी देखाएको रेजिडेन्ट डाक्टरहरुको भनाइ छ ।
- निजी मेडिकल कलेजहरुले आयोगको निर्णय अवज्ञा गर्दा पनि सरकार चुप लागेर बसेको भन्दै रेजिडेन्ट डाक्टरहरुले विरोध जनाएका छन् ।
प्रकाशित मिति:
आइतबार, चैत २४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ








