3 Minute
राप्रपालाई भृकुटीमण्डपमा आमसभा गर्न स्थानीय प्रशासनले दिएन अनुमति
२४ चैत, काठमाडौं । स्थानीय प्रशासनले राप्रपाको विरोध सभाको स्थान परिर्वतन गरिदिएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राप्रपालाई भृकुटीमण्डपको सट्टा सिफल चौर वा बल्खुमा कार्यक्रम गर्न भनेको छ ।
राप्रपाले चैत २६ गते बाग्मती प्रदेशस्तरीय आमसभा भृकुटीमण्डपमा राखेको थियो ।
प्रशासन कार्यालयका अनुसार राप्रपाले शुक्रबार अपरान्ह मात्र इमेलमार्फत कार्यक्रमबारे जानकारी गराएको थियो । तर त्यहाँ शिक्षक आन्दोलन, राष्ट्रिय जनमोर्चाको कार्यक्रम पूर्व निर्धारित रहेकाले भृकुटीमण्डपमा अनुमति दिएन ।
कार्यालयले आइतबार राप्रपालाई पठाएको पत्रमा सिफल चौर वा बल्खुमा कार्यक्रम गर्न भनेको छ ।
हेर्नुहोस् प्रशासन कार्यालयको पत्र

प्रकाशित मिति:
आइतबार, चैत २४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ








