3 Minute
राप्रपालाई भृकुटीमण्डपमा आमसभा गर्न स्थानीय प्रशासनले दिएन अनुमति
२४ चैत, काठमाडौं । स्थानीय प्रशासनले राप्रपाको विरोध सभाको स्थान परिर्वतन गरिदिएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राप्रपालाई भृकुटीमण्डपको सट्टा सिफल चौर वा बल्खुमा कार्यक्रम गर्न भनेको छ ।
राप्रपाले चैत २६ गते बाग्मती प्रदेशस्तरीय आमसभा भृकुटीमण्डपमा राखेको थियो ।
प्रशासन कार्यालयका अनुसार राप्रपाले शुक्रबार अपरान्ह मात्र इमेलमार्फत कार्यक्रमबारे जानकारी गराएको थियो । तर त्यहाँ शिक्षक आन्दोलन, राष्ट्रिय जनमोर्चाको कार्यक्रम पूर्व निर्धारित रहेकाले भृकुटीमण्डपमा अनुमति दिएन ।
कार्यालयले आइतबार राप्रपालाई पठाएको पत्रमा सिफल चौर वा बल्खुमा कार्यक्रम गर्न भनेको छ ।
हेर्नुहोस् प्रशासन कार्यालयको पत्र

प्रकाशित मिति:
आइतबार, चैत २४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
बिहीबार, कात्तिक १३, २०८२
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
बिहीबार, कात्तिक १३, २०८२
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
बुधबार, कात्तिक १२, २०८२
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
बुधबार, कात्तिक १२, २०८२
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?
बुधबार, कात्तिक १२, २०८२
अदालतले सरकारसँग माग्यो राजदूत फिर्ताको कारण
आइतबार, कात्तिक ९, २०८२
ट्रेन्डिङ


-1761836913.jpg)






