रास्वपाको निष्कर्ष : रविको २ दिन–३ रातको हिरासत बसाइ अवैध
२७ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेलाई कानुनको उचित प्रक्रिया पूरा नगरी पक्राउ गरिएको बताएको छ ।
रवि पुर्पक्षका लागि जिल्ला कारागार रुपन्देही चलान भएपछि रास्वपाले बुधबार सचिवालयको बैठक बोलाएको थियो । बैठकले अदालतको आदेशको सम्मान गर्ने बताएको छ ।
तर अदालतको आदेश कार्यान्वयनका लागि जिल्ला अदालतले प्रक्रिया सुरु नगर्दै लामिछानेलाई पक्राउ गरिनु कानुनको उचित प्रक्रिया विपरीत भएको निष्कर्ष निकालेको छ ।
कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार लामिछानेको दुई दिन–तीन रातको हिरासत बसाइ अवैध छ । साथै पक्राउका क्रममा लामिछानेको निवासमा गरेको क्रियाकलाप आपत्तिजनक भएको उनले बताए ।
कार्यबाहक महामन्त्री बुर्लाकोटीले अगाडि भने, ‘यसबाट सभापति रवि लामिछानेप्रति राज्यको निर्मम प्रतिशोध रहेको पुन प्रमाणित भएको छ ।’
रास्वपाले महाधिवेशन, जनयात्रा र पदाधिकारीहरुको जिम्मेवारीबारे छलफल गर्न वैशाख ४ गते केन्द्रीय समितिको बैठक बोलाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेमाथि प्रहरीले ज्यादती र मानव अधिकार हनन गरेको भन्दै छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएको छ ।
रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






