नेपाल बारको अध्यक्षमा सत्तारुढ निकटको प्यानल नै निर्वाचित

वकिलहरुको छाता संस्था नेपाल बार एशोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता डा. विजयप्रसाद मिश्र निर्वाचित भएका छन् ।
बिहीबार सकिएको मतगणना अनुसार मिश्रले ५ हजार ५२ मत पाएका छन् । उनलाई नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एशोसिएसन र नेकपा एमाले निकट प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठनको समर्थन थियो ।
माओवादी केन्द्रसहितका विपक्षी दल निकटका कानुन व्यवसायीका उम्मेदवार वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले २ हजार ६२१ मत ल्याएका छन् ।
कार्यसमितिको सबै पदमा कांग्रेस र एमाले निकट कानुन व्यवसायीको प्यानलले जितेको छ ।
कोशी प्रदेश उपाध्यक्षमा पदमप्रसाद लिम्बु ५ हजार २०० मत ल्याएर निर्वाचित भएका छन् । मधेश उपाध्यक्षमा अजयशंकर झा ५ हजार २५२ मत ल्याएर निर्वाचित भए । बागमती उपाध्यक्षमा तेजबहादुर रावल ५ हजार ६ र गण्डकी उपाध्यक्षमा भूपेन्द्र रावल ५ हजार ५६ मत ल्याएर निर्वाचित भए ।
त्यस्तै लुम्बिनी उपाध्यक्षमा कृष्णप्रसाद पोख्रेल ५ हजार १६७, कर्णाली उपाध्यक्षमा विवशकुमार बस्नेत ५ हजार ४४ र सुदूरपश्चिम उपाध्यक्षमा सिद्धराज ओझा ५ हजार १५१ मत ल्याएर निर्वाचित भए ।
महिला उपाध्यक्षमा सरस्वती श्रेष्ठ ४ हजार ६२० मत ल्याएर निर्वाचित भइन् । महासचिवमा केदारप्रसाद कोइराला ४ हजार ८७४ मत ल्याएर निर्वाचित भए । माओवादीसहितका दलका समर्थन पाएका उम्मेदवार यज्ञमणि न्यौपानेले २ हजार ३६७ मत पाए ।
कोषध्यक्षमा जगतबहादुर कार्की ५ हजार ८७ मत ल्याएर निर्वाचित भए ।
बारको कार्यसमिति सदस्यमा चिरञ्जीवि तिलक्यानी, सूर्यकुमार यादव, रिंकुकुमारी यादव, राजकुमार श्रेष्ठ, मंगलसुन्दर शिल्पकार, इन्दिरा आचार्य, रञ्जिता कार्की, किरण पौडेल निर्वाचित भएका छन् ।
त्यस्तै किरण न्यौपाने, शारदा गुरुङ, दमनबहादुर चन्द, बाबुराम अर्याल, डा. मुकुन्द अधिकारी र माधव मैनाली पनि बारको कार्यसमिति सदस्य निर्वाचित भएका छन् ।

१२ वर्षकी चिनियाँ खेलाडीले वर्ल्ड च्याम्पियनसिपमा जितिन् पदक

खुला प्रतिस्पर्धाबाट मात्र शिक्षक नियुक्त गर्न १६ विद्यार्थी संगठनको माग

एनपीएलको हिसाब सार्वजनिक, पहिलो सिजनमै साढे सात करोड नाफा

बागमतीमा कांग्रेस संसदीय दलको नेताको चयन भोलि

हेटौंडामा बन्यो नयाँ क्रिकेट रंगशाला
