टी-२० आईमा दीपेन्द्रले बनाए अर्को कीर्तिमान
हङकङमा जारी टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालका दीपेन्द्र सिंह ऐरीले विश्व कीर्तिमान बनाएका छन् ।
नेपाल, हङकङ, कुवेत र कतार सम्मिलित सिरिजमा बिहीबार नेपालको खेल कुवेतसँग थियो ।
उक्त खेलमा दीपेन्द्रले धेरै टी–२० आईमा डकआउट नहुने खेलाडीको कीर्तिमान बनाएका हुन् । दीपेन्द्र अहिलेसम्म टी–२० आईमा डकआउट भएका छैनन् । ७६ वटा खेल खेलेकामा उनले ६६ वटा खेलमा ब्याटिङ गरेका छन् ।
यसअघि यो कीर्तिमान वेष्ट इन्डिजका खेलाडी मार्लन स्यामुअल्सको नाममा थियो । उनी ६५ टी–२० आईसम्म डकआउट नभई यो कीर्तिमान बनाएका थिए ।
बिहीबार कुवेतविरुद्धको खेलमा १२ बलमा ३१ रन बनाउँदै नेपाललाई खेल जिताएका थिए । खेलमा कुवेतले दिएको १८६ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ६ विकेट गुमाएर भेट्टाएको थियो ।
दीपेन्द्रले यसअघि ९ बलमा अर्धशतक पूरा गरेर सबैभन्दा छिटो अर्धशतक बनाउने कीर्तिमान पनि बनाएका छन् । उनले टी–२० आईमा हालसम्म १७ सय ५६ रन जोडेका छन् ।
रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






