दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा अदालतको अनुमति

तीनकुनेमा भएको राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं १२ दिन प्रहरी हिरासतमा रहने भएका छन् ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई अनुमति दिएको छ ।
प्रहरीले प्रसाईंमाथि राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा अनुसन्धान गर्दैछ । प्रसाईंसँगै उनका अंगरक्षक दीपक खड्का पनि १२ दिन हिरासतमा रहनेछन् ।
प्रसाईं र खड्कालाई भारतीय प्रहरीले बिहीबार भारतको असमबाट नियन्त्रणमा लिई शुक्रबार बिहान झापामा नेपाल प्रहरीको जिम्मा लगाएको थियो । प्रहरीले उनलाई पक्राउ गरेर शुक्रबार नै काठमाडौं ल्याएको हो ।
चैत १५ गते तीनकुनेमा राजावादीको प्रदर्शनका क्रममा हिंसा भड्किएको थियो । त्यस क्रममा प्रहरीको गोली लागेर १ जना र आन्दोलनकारीले आगो सल्काएको घरमा जलेर १ जना गरी दुई जनाको मृत्यु भएको थियो । सरकारी उद्योग, व्यापारिक प्रतिष्ठान, पार्टी कार्यालय र निजी घरमा तोडफोड र आगजनी भएको थियो ।
यही घटनामा अनुसन्धानका लागि प्रहरीले यसअघि नै ४० भन्दा धेरैलाई पक्राउ गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशमशेर राणा पनि हाल हिरासतमै छन् ।
चैत १५ गते दुर्गा प्रसाईं आफैैंले गाडी हाँकेर प्रहरी घेरा तोडेर निषेधित क्षेत्रमा प्रवेश गरेका थिए । त्यसपछि आन्दोलन उग्र भएको प्रहरीको दाबी छ ।

मारवाडीहरु व्यापारमा किन सफल छन्, अरुलाई किन गाह्रो हुन्छ ?

संविधान दिवशका दिन मधेशका दलले विरोध प्रदर्शन गर्ने

सेयर बजारमा पहिरो, तीनपटक सर्किट ब्रेक लागेर बन्द

मैले क्रिकेटबाट के सिकेँ भने ...

ब्यापारी भन्नेवित्तिकै ठग हुन् भन्ने भाष्य बनाइएको छ
