दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा अदालतको अनुमति
तीनकुनेमा भएको राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं १२ दिन प्रहरी हिरासतमा रहने भएका छन् ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई अनुमति दिएको छ ।
प्रहरीले प्रसाईंमाथि राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा अनुसन्धान गर्दैछ । प्रसाईंसँगै उनका अंगरक्षक दीपक खड्का पनि १२ दिन हिरासतमा रहनेछन् ।
प्रसाईं र खड्कालाई भारतीय प्रहरीले बिहीबार भारतको असमबाट नियन्त्रणमा लिई शुक्रबार बिहान झापामा नेपाल प्रहरीको जिम्मा लगाएको थियो । प्रहरीले उनलाई पक्राउ गरेर शुक्रबार नै काठमाडौं ल्याएको हो ।
चैत १५ गते तीनकुनेमा राजावादीको प्रदर्शनका क्रममा हिंसा भड्किएको थियो । त्यस क्रममा प्रहरीको गोली लागेर १ जना र आन्दोलनकारीले आगो सल्काएको घरमा जलेर १ जना गरी दुई जनाको मृत्यु भएको थियो । सरकारी उद्योग, व्यापारिक प्रतिष्ठान, पार्टी कार्यालय र निजी घरमा तोडफोड र आगजनी भएको थियो ।
यही घटनामा अनुसन्धानका लागि प्रहरीले यसअघि नै ४० भन्दा धेरैलाई पक्राउ गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशमशेर राणा पनि हाल हिरासतमै छन् ।
चैत १५ गते दुर्गा प्रसाईं आफैैंले गाडी हाँकेर प्रहरी घेरा तोडेर निषेधित क्षेत्रमा प्रवेश गरेका थिए । त्यसपछि आन्दोलन उग्र भएको प्रहरीको दाबी छ ।
सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



