3 Minute
वीरगञ्जमा दुई समुदायबीच झडप, प्रशासनले लगायो कर्फ्यू
पर्साको वीरगञ्जमा दुई समुदायबीच झडप भएपछि स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ ।
वीरगञ्ज महानगरपालिका छपकैयामा हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा छपकैया चोकमा दुई समुदायबीच झडप भएको थियो ।
झडपपछि स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय पर्साले शनिबार साँझ साढे ६ बजेदेखि कर्फ्यू लगाएको हो । कर्फ्यु आदेश आइतबार दिउँसो १२ बजेसम्म लागू हुने प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।
पूर्वमा भेडियाही चोक, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेट चार किल्लाभित्र आवतजावत गर्न, भेला जुलुस गर्न, प्रदर्शन, सभा, बैठक आदि गर्न निषेध गरिएको छ ।
छपकैया चोकमा झडपका क्रममा क्रममा मूल सडक छेउका केही पसलमा आगजनी समेत भएको छ । झडपमा केही स्थानीय र प्रहरीसमेत घाइते भएका छन् ।
हेर्नुहोस् कर्फ्युको सूचना

प्रकाशित मिति:
शनिबार, चैत ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
बिहीबार, कात्तिक १३, २०८२
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
बिहीबार, कात्तिक १३, २०८२
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
बुधबार, कात्तिक १२, २०८२
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
बुधबार, कात्तिक १२, २०८२
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?
बुधबार, कात्तिक १२, २०८२
अदालतले सरकारसँग माग्यो राजदूत फिर्ताको कारण
आइतबार, कात्तिक ९, २०८२
ट्रेन्डिङ


-1761836913.jpg)






