3 Minute
वीरगञ्जमा दुई समुदायबीच झडप, प्रशासनले लगायो कर्फ्यू
पर्साको वीरगञ्जमा दुई समुदायबीच झडप भएपछि स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ ।
वीरगञ्ज महानगरपालिका छपकैयामा हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा छपकैया चोकमा दुई समुदायबीच झडप भएको थियो ।
झडपपछि स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय पर्साले शनिबार साँझ साढे ६ बजेदेखि कर्फ्यू लगाएको हो । कर्फ्यु आदेश आइतबार दिउँसो १२ बजेसम्म लागू हुने प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।
पूर्वमा भेडियाही चोक, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेट चार किल्लाभित्र आवतजावत गर्न, भेला जुलुस गर्न, प्रदर्शन, सभा, बैठक आदि गर्न निषेध गरिएको छ ।
छपकैया चोकमा झडपका क्रममा क्रममा मूल सडक छेउका केही पसलमा आगजनी समेत भएको छ । झडपमा केही स्थानीय र प्रहरीसमेत घाइते भएका छन् ।
हेर्नुहोस् कर्फ्युको सूचना

प्रकाशित मिति:
शनिबार, चैत ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ








