वीरगञ्जमा राति १२ बजेसम्म कर्फ्यू थपियो
पर्साको वीरगञ्जमा शनिबार सुरु भएको तनाव साम्य नभएपछि कर्फ्यू थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले चैत ३१ गते राति १२ बजेसम्म कर्फ्यू थप गरेको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार वीरगञ्ज महानगरपालिकामा पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटको चार किल्लाभित्र कर्फ्यू लगाइएको छ ।
शनिबार दिउँसो वीरगञ्जको छपकैयामा हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा दुई समुदायबीच झडप भएको थियो । झडपले उग्र रुप लिएपछि प्रहरीले अश्रुग्यास र पानीको फोहरासमेत हानेको थियो ।
घटनामा केही मानिसहरु घाइते समेत भएका थिए । झडप बढ्ने सम्भावना देखिएपछि प्रहरीले शनिबार साँझदेखि नै कर्फ्यु लगाएको थियो ।
आइतबार बिहान जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय छलफल आयोजना गरिएको थियो । दिउँसो १२ बजेसम्म छलफल नसकिएपछि पुनः कर्फ्यू आदेश थप गरिएको प्रशासन कार्यालयले जनाएको छ ।
हेर्नुहोस् जिल्ला प्रशासन कार्यालयको सूचना

पर्साको वीरगञ्जमा भएको सर्वदलीय बैठकले शान्ति र अमनचयनमा खलल हुने किसिमका धार्मिक एवं सामुदायिक र्याली नगर्ने निर्णय गरेको छ ।
आइतबार प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको संयोजकत्वमा बसेको बैठकले सामाजिक सद्भाव कायम गर्न सर्वसाधारणलाई अपिल पनि गरेको छ ।
चैत ३० गते शनिबार हनुमान जयन्तीको शोभायात्राको क्रममा दुई समुदायबीच उत्पन्न विवाद झडपमा परिणत भएको थियो । झडपका क्रममा केही सुरक्षाकर्मी र सर्वसाधारण घाइते भएका थिए ।
सर्वदलीय बैठकले हनुमान जयन्ती मनाउन निकालिएको शोभायात्राको क्रममा विवाद उत्पन्न गर्ने जोसुकैलाई पनि कारबाही गर्ने निर्णय गरेको छ ।
सर्वदलीय बैठकको निर्णय

रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?


-1761836913.jpg)






