Podcasts
                                                            क्रिकेट वार्ता
                                                        ‘काम गर्नेभन्दा विगार्ने धेरै भए’
३१ चैत, काठमाडौं । नेपाल राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्का क्रिकेट संघको सचिव निर्वाचित भएको १८ महिना भयो । यो अवधिमा नेपाली क्रिकेटले देखिने गरी फड्को मारेको छ । नेपाल प्रिमियर लिगको पहिलो सिजन नै भव्य भयो । खेलाडीहरुले पाउने सेवा सुविधादेखि पूर्वधार निर्माणले समेत गति लिन थालेको छ ।
तर सचिव खड्का भने अझै पनि सबैको सहयोग पाउन नसकेको महसुस गर्छन् । आजको दिनसम्म जसोतसो विवादरहित बनाउन सकेको भन्दै उनले भने, यसलाई बढी नै विगार्ने प्रयास भइरहेको छ ।’
सम्वादको केही अंश
- डिसिजन मेकिङ पोजिसनमा छु म । जिम्मेवारी लिएर अगाडि बढ्न अठोट लिँदा अध्यक्षदेखि सबैको सहयोग पनि पाएको छु । तर चुनौती पनि छ । किनकी हाम्रो देशमा काम नहुँदासम्म कसैलाई मतलब हुन्न । हुन थालेपछि सबैको आँखा ठूलाठूला हुन्छन्, इच्छाहरु जाग्न थाल्छन् ।
 - आजको दिनसम्म जसोतसो संगठनलाई विवादरहित बनाउन सफल भएका छौं । तर यसलाई बढी नै विगार्ने प्रयास भइरहेको छ ।
 - क्रिकेट संघ र फ्रेन्चाइज टिमबीच कुनै विवाद छैन । तर विनिङ एमाउन्ट पाएको छैन, फ्रेन्चाइज पे गरेको छैन भनेर कन्ट्रोभर्सी क्रिएट गर्न खोजिएको छ ।
 - एउटा निश्चिय समयपछि टिकटबाटै फ्रेन्चाइज टिम धन्न सकिने अवस्था आउँछ ।
 - तेस्रो संस्करणबाट चाहिँ टीयूबाहेक अरु स्थानमा पनि खेल हुनसक्छ ।
 - स्टुआर्ट लले नेपाल छान्नुभयो, यसमा हामी आभारी छौं । उहाँले हामीलाई अर्को तहमा पुर्याउने कोसिस गर्नुहुन्छ होला ।
 - महिला क्रिकेटले १२ मा ८ महिना खेल्ने वातावरण सिर्जना भएको छ । तर अहिले नै रिजल्टले मूल्यांकन गर्न मिल्दैन ।
 
                                                                    प्रकाशित मिति: 
                                            आइतबार, चैत ३१, २०८१
                                        
                                                            
                            
                            प्रतिक्रिया दिनुहोस्
                                
                                थप
                                                Podcasts
                                                                        
                                                    'चुनाव जितेर सत्तामा गइहालौं भनेर पार्टी खोलेको होइन'
                                                                                                                    सोमबार, कात्तिक १७, २०८२
                                                                                                            
                                                
                                                    'स्वीकार गर्नुस्, हर्क युगको सुरुवात भयो'
                                                                                                                    मंगलबार, कात्तिक ११, २०८२
                                                                                                            
                                                
                                                    '०४६ पछि राज्यकोषको ठूलो पैसा राजनीतिक क्षेत्रमा गएको छ, छानबिन हुनुपर्छ'
                                                                                                                    बुधबार, कात्तिक ५, २०८२
                                                                                                            
                                                
                                                    'म भुइँमान्छेको कथा लेख्छु, तर राजनीतिसँग ठोक्किहाल्छ'
                                                                                                                    मंगलबार, असोज २८, २०८२
                                                                                                            
                                                
                                                    'आउने चुनावलाई जनमत संग्रहका रुपमा प्रयोग गरौं'
                                                                                                                    मंगलबार, असोज १४, २०८२
                                                                                                            
                                                
                                                    'अन्तरिम संविधान बनाउँदा छोटो बाटो हुन्छ'
                                                                                                                    आइतबार, असोज १२, २०८२
                                                                                                            
                                                ट्रेन्डिङ
                
                    

-1761836913.jpg)





