Podcasts
क्रिकेट वार्ता
‘काम गर्नेभन्दा विगार्ने धेरै भए’
३१ चैत, काठमाडौं । नेपाल राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्का क्रिकेट संघको सचिव निर्वाचित भएको १८ महिना भयो । यो अवधिमा नेपाली क्रिकेटले देखिने गरी फड्को मारेको छ । नेपाल प्रिमियर लिगको पहिलो सिजन नै भव्य भयो । खेलाडीहरुले पाउने सेवा सुविधादेखि पूर्वधार निर्माणले समेत गति लिन थालेको छ ।
तर सचिव खड्का भने अझै पनि सबैको सहयोग पाउन नसकेको महसुस गर्छन् । आजको दिनसम्म जसोतसो विवादरहित बनाउन सकेको भन्दै उनले भने, यसलाई बढी नै विगार्ने प्रयास भइरहेको छ ।’
सम्वादको केही अंश
- डिसिजन मेकिङ पोजिसनमा छु म । जिम्मेवारी लिएर अगाडि बढ्न अठोट लिँदा अध्यक्षदेखि सबैको सहयोग पनि पाएको छु । तर चुनौती पनि छ । किनकी हाम्रो देशमा काम नहुँदासम्म कसैलाई मतलब हुन्न । हुन थालेपछि सबैको आँखा ठूलाठूला हुन्छन्, इच्छाहरु जाग्न थाल्छन् ।
- आजको दिनसम्म जसोतसो संगठनलाई विवादरहित बनाउन सफल भएका छौं । तर यसलाई बढी नै विगार्ने प्रयास भइरहेको छ ।
- क्रिकेट संघ र फ्रेन्चाइज टिमबीच कुनै विवाद छैन । तर विनिङ एमाउन्ट पाएको छैन, फ्रेन्चाइज पे गरेको छैन भनेर कन्ट्रोभर्सी क्रिएट गर्न खोजिएको छ ।
- एउटा निश्चिय समयपछि टिकटबाटै फ्रेन्चाइज टिम धन्न सकिने अवस्था आउँछ ।
- तेस्रो संस्करणबाट चाहिँ टीयूबाहेक अरु स्थानमा पनि खेल हुनसक्छ ।
- स्टुआर्ट लले नेपाल छान्नुभयो, यसमा हामी आभारी छौं । उहाँले हामीलाई अर्को तहमा पुर्याउने कोसिस गर्नुहुन्छ होला ।
- महिला क्रिकेटले १२ मा ८ महिना खेल्ने वातावरण सिर्जना भएको छ । तर अहिले नै रिजल्टले मूल्यांकन गर्न मिल्दैन ।
प्रकाशित मिति:
आइतबार, चैत ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
Podcasts
देउवाको शक्ति सकिएको छैन, समस्या इगो मात्र हो
बुधबार, साउन २०, २०८३
शंकर–विद्या जो आएपनि हुन्छ, ओलीले छाड्नैपर्छ
शनिबार, साउन २, २०८३
'बूढालाई घर पठाउँदैमा कर्मचारीतन्त्र सुधार हुँदैन'
बुधबार, असार ३, २०८३
प्रधानमन्त्री बालेनले के ठीक गर्दैछन् ? के-के बेठीक ?
शुक्रबार, जेठ १, २०८३
ऐलानीका घरमा डोजर चलाउन सम्भव छ ?
बुधबार, वैशाख २३, २०८३
शासकीय शैली नै जेनजी आन्दोलनको मुख्य कारण
बुधबार, चैत ४, २०८२
ट्रेन्डिङ








