धार्मिक र साम्प्रदायिक सद्भाव कायम राख्ने प्रतिवद्धता
वीरगञ्जमा शनिबार दुई समुदायबीचको झडपपछि बसेको सर्वदलीय-सर्वपक्षीय बैठकले ५ बुँदे सहमति गरेको छ ।
आइतबार बिहान र दिउँसो बसेको सर्वदलीय बैठकले शनिबार दिउँसो हनुमान जयन्तीको शोभायात्राका क्रममा भएको घटनामा संलग्नमाथि विस्तृत अनुसन्धान गरी कारबाही गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।
वीरगञ्जको छपकैयामा हनुमान जयन्तीको शोभायात्राका क्रममा दुई समुदायबीच झडप भएको थियो । त्यसक्रममा केही व्यक्ति घाइते भएका थिए भने पसलहरु तोडफोड हुनुका साथै सवारी साधन पनि जलाइएका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास र पानीको फोहरा हानेको थियो ।
स्थिति नियन्त्रणमा लिन शनिबार साँझदेखि लगाइएको कर्फ्यु आदेश आइतबार दिउँसो १२ बजेपछि राति १२ बजेसम्मका लागि थप गरिएको छ ।
आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा बिहान राजनीतिक दलका नेताहरुसँग छलफल भएको थियो । त्यसपछि हनुमान जयन्तीको रथयात्रा गर्ने हिन्दू समुदाय, त्यसपछि मुस्लिम समुदायका प्रतिनिधिसँग छलफल गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।
त्यसपछि भएको सर्वपक्षीय बैठकले अन्तर धार्मिक तथा अन्तर साम्प्रदायिक सद्भाव र सहिष्णुता कायम राख्न सबै पक्ष पूर्ण प्रतिवद्ध रहने र कानुनी कारबाही प्रक्रियामा सहयोग पुर्याउने निर्णय पनि गरेको छ ।
धार्मिक, साँस्कृतिक सम्प्रदायले गर्ने कुनै पनि जात्रा, पर्व, कार्यक्रममा हातहतियारको प्रदर्शन नगर्ने र गरेमा कारबाही गर्ने पनि सर्वदलीय बैठकको निर्णय छ ।
बैठकले पर्सामा सञ्चालित सबै धार्मिक संघसंस्था तथा ती संस्थाले चलाएका विद्यालय तथा मदरसाको सुक्ष्म अनुगमन गर्ने र अन्यथा देखिएमा कारबाही गर्ने पनि निर्णय गरेको छ ।
त्यस्तै शनिबारको झडपमा घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने पनि सर्वदलीय बैठकको निर्णय छ ।
सर्वपक्षीय छलफलको निर्णय

रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






