धार्मिक र साम्प्रदायिक सद्भाव कायम राख्ने प्रतिवद्धता

वीरगञ्जमा शनिबार दुई समुदायबीचको झडपपछि बसेको सर्वदलीय-सर्वपक्षीय बैठकले ५ बुँदे सहमति गरेको छ ।
आइतबार बिहान र दिउँसो बसेको सर्वदलीय बैठकले शनिबार दिउँसो हनुमान जयन्तीको शोभायात्राका क्रममा भएको घटनामा संलग्नमाथि विस्तृत अनुसन्धान गरी कारबाही गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।
वीरगञ्जको छपकैयामा हनुमान जयन्तीको शोभायात्राका क्रममा दुई समुदायबीच झडप भएको थियो । त्यसक्रममा केही व्यक्ति घाइते भएका थिए भने पसलहरु तोडफोड हुनुका साथै सवारी साधन पनि जलाइएका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास र पानीको फोहरा हानेको थियो ।
स्थिति नियन्त्रणमा लिन शनिबार साँझदेखि लगाइएको कर्फ्यु आदेश आइतबार दिउँसो १२ बजेपछि राति १२ बजेसम्मका लागि थप गरिएको छ ।
आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा बिहान राजनीतिक दलका नेताहरुसँग छलफल भएको थियो । त्यसपछि हनुमान जयन्तीको रथयात्रा गर्ने हिन्दू समुदाय, त्यसपछि मुस्लिम समुदायका प्रतिनिधिसँग छलफल गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।
त्यसपछि भएको सर्वपक्षीय बैठकले अन्तर धार्मिक तथा अन्तर साम्प्रदायिक सद्भाव र सहिष्णुता कायम राख्न सबै पक्ष पूर्ण प्रतिवद्ध रहने र कानुनी कारबाही प्रक्रियामा सहयोग पुर्याउने निर्णय पनि गरेको छ ।
धार्मिक, साँस्कृतिक सम्प्रदायले गर्ने कुनै पनि जात्रा, पर्व, कार्यक्रममा हातहतियारको प्रदर्शन नगर्ने र गरेमा कारबाही गर्ने पनि सर्वदलीय बैठकको निर्णय छ ।
बैठकले पर्सामा सञ्चालित सबै धार्मिक संघसंस्था तथा ती संस्थाले चलाएका विद्यालय तथा मदरसाको सुक्ष्म अनुगमन गर्ने र अन्यथा देखिएमा कारबाही गर्ने पनि निर्णय गरेको छ ।
त्यस्तै शनिबारको झडपमा घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने पनि सर्वदलीय बैठकको निर्णय छ ।
सर्वपक्षीय छलफलको निर्णय

संविधान दिवशका दिन मधेशका दलले विरोध प्रदर्शन गर्ने

सेयर बजारमा पहिरो, तीनपटक सर्किट ब्रेक लागेर बन्द

मैले क्रिकेटबाट के सिकेँ भने ...

ब्यापारी भन्नेवित्तिकै ठग हुन् भन्ने भाष्य बनाइएको छ

भाटभटेनी स्टोरमा थप एक जनाको शव भेटियो
