3 Minute
काठमाडौंमा गरिखानेमाथि नगर प्रहरी निर्मम व्यवहार
- चार जना नगर प्रहरी एकातिर, एकजना कवाड संकलक अर्को तिर । काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरु न्वारानदेखिको बल लगाएर कवाड संकलकको साइकल खोस्न खोजिरहेका छन् । अझ एक जना स्थानीय बासिन्दा पनि साइकल खोस्न नगर प्रहरीलाई नै सघाइरहेका छन् ।
- एक जना कवाड संकलकले ४ नगर प्रहरीसहित ५ जनासँग जोगिन सक्ने र जित्ने कुरै भएन । अझ नगर प्रहरी बलका इन्सपेक्टरले त श्रमिकलाई बल लगाएर न्याक्छन् ।
- यो ज्यादतीको भिडियो खिचिरहेका व्यक्तिलाई समेत नगर प्रहरीले झम्टिन्छिन् ।
- यो घटना बालुवाटारको हो । बुधबार बिहान ८ बजेतिर कवाड संकलनको काम नथाल्दै ती श्रमिकमाथ नगर प्रहरी जाइलागेको थियो ।
- नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार भीभीआईपीको बसोबास क्षेत्रमा बिहान बिहानै कवाड संकलनका लागि कराउँदै हिँडेकाले नगर प्रहरीले उनको साइकल खोसेको हो ।
- नगर प्रहरीले साइकलमा कवाड संलकन गर्ने, तरकारी र फलफूल बेच्न श्रमिक वर्गमाथि लामो समयदेखि अमानवीय व्यवहार गरिरहेको छ । कराउँदै हिँडेर स्थानीयलाई ‘डिस्टर्ब’ गरेको र सवारी आवागमन प्रभावित गरेको बहानामा उनीहरुमाथि कुटपिट समेत हुने गरेको छ ।
प्रकाशित मिति:
बुधबार, वैशाख ३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ








