3 Minute
काठमाडौंमा गरिखानेमाथि नगर प्रहरी निर्मम व्यवहार
- चार जना नगर प्रहरी एकातिर, एकजना कवाड संकलक अर्को तिर । काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरु न्वारानदेखिको बल लगाएर कवाड संकलकको साइकल खोस्न खोजिरहेका छन् । अझ एक जना स्थानीय बासिन्दा पनि साइकल खोस्न नगर प्रहरीलाई नै सघाइरहेका छन् ।
- एक जना कवाड संकलकले ४ नगर प्रहरीसहित ५ जनासँग जोगिन सक्ने र जित्ने कुरै भएन । अझ नगर प्रहरी बलका इन्सपेक्टरले त श्रमिकलाई बल लगाएर न्याक्छन् ।
- यो ज्यादतीको भिडियो खिचिरहेका व्यक्तिलाई समेत नगर प्रहरीले झम्टिन्छिन् ।
- यो घटना बालुवाटारको हो । बुधबार बिहान ८ बजेतिर कवाड संकलनको काम नथाल्दै ती श्रमिकमाथ नगर प्रहरी जाइलागेको थियो ।
- नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार भीभीआईपीको बसोबास क्षेत्रमा बिहान बिहानै कवाड संकलनका लागि कराउँदै हिँडेकाले नगर प्रहरीले उनको साइकल खोसेको हो ।
- नगर प्रहरीले साइकलमा कवाड संलकन गर्ने, तरकारी र फलफूल बेच्न श्रमिक वर्गमाथि लामो समयदेखि अमानवीय व्यवहार गरिरहेको छ । कराउँदै हिँडेर स्थानीयलाई ‘डिस्टर्ब’ गरेको र सवारी आवागमन प्रभावित गरेको बहानामा उनीहरुमाथि कुटपिट समेत हुने गरेको छ ।
प्रकाशित मिति:
बुधबार, वैशाख ३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
बिहीबार, कात्तिक १३, २०८२
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
बिहीबार, कात्तिक १३, २०८२
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
बुधबार, कात्तिक १२, २०८२
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
बुधबार, कात्तिक १२, २०८२
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?
बुधबार, कात्तिक १२, २०८२
अदालतले सरकारसँग माग्यो राजदूत फिर्ताको कारण
आइतबार, कात्तिक ९, २०८२
ट्रेन्डिङ


-1761836913.jpg)






