राजधानी केन्द्रित आन्दोलनमा पछि हट्यो राप्रपा
वैशाख ७ गतेदेखि निरन्तर राजधानी केन्द्रित आन्दोलन गर्ने भनेको राष्ट्रिय प्रजातन्त्र पार्टी एक कदम पछि हटेको छ ।
बिहीबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वैशाख ७ गते मात्र प्रदर्शन गर्ने निर्णय गरेको छ ।
राप्रपाले वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री डा. धवलशमशेर राणाको निशर्त रिहाइ र तीनकुने घटनाको न्यायिक छानबिनको माग गर्दै वैशाख ७ गते काठमाडौंमा निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।
यसअघि चैत १२ गते राप्रपाको आन्दोलन मूल समितिको बैठकले वैशाख ७ गतेदेखि राजसंस्था पुनर्स्थापनाको माग राखेर राजधानी केन्द्रित आन्दोलन गर्ने निर्णय गरेको थियो । नेताहरुले वैशाख ७ गतेदेखि निरन्तर प्रदर्शन गर्ने बताउँदै आएको थिए ।
तर बिहीबारको निर्णयमा राप्रपाले निरन्तर प्रदर्शन गर्ने भनेको छैन । वैशाख ७ गतेको प्रदर्शनपछि राजधानी केन्द्रित अर्को कार्यक्रम राखिएको छैन ।
अनि वैशाख ७ गतेको आन्दोलनलाई पनि तीनकुने घटनामा पक्राउ परेका आफ्ना नेता कार्यकर्ता रिहाइ र घटनाको न्यायिक छानबिनको विषयलाई मात्र केन्द्रित गरिएको छ ।
राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले बैठकपछि जारी गरेको विज्ञप्तिमा वैशाख ९ गते देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन र धर्नाको कार्यक्रम गर्ने भनिएको छ ।
राप्रपाले उपत्यकाको सबै वडा तहमा आन्दोलनको तयारी गर्ने र यसका लागि समन्वय गर्न केन्द्रीय र प्रदेश तहका नेताहरुलाई खटाउने निर्णय पनि गरेको छ ।
राप्रपाले आन्दोलनसम्बन्धी विषयमा योजना बनाउन र तत्काल आवश्यक निर्णय लिन परेमा पार्टी अध्यक्षको संयोजकत्वमा पूर्वअध्यक्षहरु र उपाध्यक्षहरु रहेको समितिलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।
हेर्नुहोस् राप्रपाको विज्ञप्ति


सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



