राजधानी केन्द्रित आन्दोलनमा पछि हट्यो राप्रपा
वैशाख ७ गतेदेखि निरन्तर राजधानी केन्द्रित आन्दोलन गर्ने भनेको राष्ट्रिय प्रजातन्त्र पार्टी एक कदम पछि हटेको छ ।
बिहीबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वैशाख ७ गते मात्र प्रदर्शन गर्ने निर्णय गरेको छ ।
राप्रपाले वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री डा. धवलशमशेर राणाको निशर्त रिहाइ र तीनकुने घटनाको न्यायिक छानबिनको माग गर्दै वैशाख ७ गते काठमाडौंमा निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।
यसअघि चैत १२ गते राप्रपाको आन्दोलन मूल समितिको बैठकले वैशाख ७ गतेदेखि राजसंस्था पुनर्स्थापनाको माग राखेर राजधानी केन्द्रित आन्दोलन गर्ने निर्णय गरेको थियो । नेताहरुले वैशाख ७ गतेदेखि निरन्तर प्रदर्शन गर्ने बताउँदै आएको थिए ।
तर बिहीबारको निर्णयमा राप्रपाले निरन्तर प्रदर्शन गर्ने भनेको छैन । वैशाख ७ गतेको प्रदर्शनपछि राजधानी केन्द्रित अर्को कार्यक्रम राखिएको छैन ।
अनि वैशाख ७ गतेको आन्दोलनलाई पनि तीनकुने घटनामा पक्राउ परेका आफ्ना नेता कार्यकर्ता रिहाइ र घटनाको न्यायिक छानबिनको विषयलाई मात्र केन्द्रित गरिएको छ ।
राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले बैठकपछि जारी गरेको विज्ञप्तिमा वैशाख ९ गते देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन र धर्नाको कार्यक्रम गर्ने भनिएको छ ।
राप्रपाले उपत्यकाको सबै वडा तहमा आन्दोलनको तयारी गर्ने र यसका लागि समन्वय गर्न केन्द्रीय र प्रदेश तहका नेताहरुलाई खटाउने निर्णय पनि गरेको छ ।
राप्रपाले आन्दोलनसम्बन्धी विषयमा योजना बनाउन र तत्काल आवश्यक निर्णय लिन परेमा पार्टी अध्यक्षको संयोजकत्वमा पूर्वअध्यक्षहरु र उपाध्यक्षहरु रहेको समितिलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।
हेर्नुहोस् राप्रपाको विज्ञप्ति


रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?


-1761836913.jpg)






