राप्रपालाई गृहको चेतावनी : निषेधित क्षेत्रमा प्रदर्शन गरे सह्य हुँदैन
आफ्ना नेताहरु पक्राउको विरोधमा निषेधित क्षेत्रमा प्रदर्शन गर्ने घोषणा गरेको राप्रपालाई गृह मन्त्रालयले चेतावनी दिएको छ ।
राप्रपाको वैशाख ४ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको छ । पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपाले आइतबार काठमाडौंको बिजुलीबजारमा प्रदर्शन गर्नेछ ।
तर गृह मन्त्रालयले शनिबार साँझ एक विज्ञप्ति जारी गरी कानुन बमोजिम निषेधित क्षेत्र तोकेको ठाउँमा प्रदर्शन गरे सह्य नहुने चेतावनी दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संविधान र कानुनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न जोसुकैलाई कानुन बमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ ।’
गृह मन्त्रालयले हिंसा फैलाउने, अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुने पनि अपिल गरेको छ ।
गत चैत १५ गते तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शन उग्र हुँदा २ जनाको मृत्यु भएको थियो भने सरकारी उद्योग, पार्टी कार्यालय, व्यक्तिगत घर र व्यापारिक प्रतिष्ठानहरुमा आगजनी र तोडफोड भएको थियो ।
सोही घटनामा संलग्नको आरोपमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेका छन् । राप्रपाले उनीहरुको रिहाइको माग गर्दै निषेधित क्षेत्र तोड्ने आन्दोलनको कार्यक्रम राखेको हो ।
हेर्नुहोस् गृह मन्त्रालयको विज्ञप्ति

खोटाङमा हेलिकप्टर दुर्घटना, सबै जना सकुशल
जेनजी शहीदकी आमा सुदनलाई भेट्दा भावुक
सांसदले गाउँपालिकालाई निर्देशन दिन मिल्छ ?
नेपाली कम्युनिस्ट पार्टीको घोषणापत्रमा के छ ?
संसद बिघटनको मुद्दामा किन ढिलाइ ?

-1773931562.jpeg)
-1773930665.jpeg)


-1773656815.jpeg)

