राप्रपालाई गृहको चेतावनी : निषेधित क्षेत्रमा प्रदर्शन गरे सह्य हुँदैन

आफ्ना नेताहरु पक्राउको विरोधमा निषेधित क्षेत्रमा प्रदर्शन गर्ने घोषणा गरेको राप्रपालाई गृह मन्त्रालयले चेतावनी दिएको छ ।
राप्रपाको वैशाख ४ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको छ । पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपाले आइतबार काठमाडौंको बिजुलीबजारमा प्रदर्शन गर्नेछ ।
तर गृह मन्त्रालयले शनिबार साँझ एक विज्ञप्ति जारी गरी कानुन बमोजिम निषेधित क्षेत्र तोकेको ठाउँमा प्रदर्शन गरे सह्य नहुने चेतावनी दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संविधान र कानुनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न जोसुकैलाई कानुन बमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ ।’
गृह मन्त्रालयले हिंसा फैलाउने, अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुने पनि अपिल गरेको छ ।
गत चैत १५ गते तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शन उग्र हुँदा २ जनाको मृत्यु भएको थियो भने सरकारी उद्योग, पार्टी कार्यालय, व्यक्तिगत घर र व्यापारिक प्रतिष्ठानहरुमा आगजनी र तोडफोड भएको थियो ।
सोही घटनामा संलग्नको आरोपमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेका छन् । राप्रपाले उनीहरुको रिहाइको माग गर्दै निषेधित क्षेत्र तोड्ने आन्दोलनको कार्यक्रम राखेको हो ।
हेर्नुहोस् गृह मन्त्रालयको विज्ञप्ति

संविधान दिवशका दिन मधेशका दलले विरोध प्रदर्शन गर्ने

सेयर बजारमा पहिरो, तीनपटक सर्किट ब्रेक लागेर बन्द

मैले क्रिकेटबाट के सिकेँ भने ...

ब्यापारी भन्नेवित्तिकै ठग हुन् भन्ने भाष्य बनाइएको छ

भाटभटेनी स्टोरमा थप एक जनाको शव भेटियो
