शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् ।
सामुदायिक विद्यालयका शिक्षकहरुले शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलन गरिरहेका बेला उनले राजीनामा दिएकी हुन् ।
उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी उनी निकट स्रोतले जानकारी दिएको छ । भट्टराई गत असार ३१ गते शिक्षामन्त्रीमा नियुक्त भएकी थिइन् ।
शिक्षकहरुको माग वार्ताबाट समाधान गर्न उनी निरन्तर प्रयासरत थिइन् । तर शिक्षकहरुले शिक्षा मन्त्रालय र शिक्षामन्त्रीसँग वार्ता अस्वीकार गर्दै आएका थिए ।
पछिल्लो समय शिक्षकहरुसँग प्रधानमन्त्री ओली आफैंले संवाद अगाडि बढाएका थिए ।
संसदको शिक्षा समितिबाट शिक्षा विधेयक छिटो टुंग्याउन पनि उनले पहल गरिरहेकी थिइन् । तर आफूले पहल गर्दा पनि शिक्षकहरुले आन्दोलन फिर्ता नलिएपछि उनले राजीनामा दिएको स्रोतको भनाइ छ ।
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति








