शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् ।
सामुदायिक विद्यालयका शिक्षकहरुले शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलन गरिरहेका बेला उनले राजीनामा दिएकी हुन् ।
उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी उनी निकट स्रोतले जानकारी दिएको छ । भट्टराई गत असार ३१ गते शिक्षामन्त्रीमा नियुक्त भएकी थिइन् ।
शिक्षकहरुको माग वार्ताबाट समाधान गर्न उनी निरन्तर प्रयासरत थिइन् । तर शिक्षकहरुले शिक्षा मन्त्रालय र शिक्षामन्त्रीसँग वार्ता अस्वीकार गर्दै आएका थिए ।
पछिल्लो समय शिक्षकहरुसँग प्रधानमन्त्री ओली आफैंले संवाद अगाडि बढाएका थिए ।
संसदको शिक्षा समितिबाट शिक्षा विधेयक छिटो टुंग्याउन पनि उनले पहल गरिरहेकी थिइन् । तर आफूले पहल गर्दा पनि शिक्षकहरुले आन्दोलन फिर्ता नलिएपछि उनले राजीनामा दिएको स्रोतको भनाइ छ ।
उखुको न्यूनतम मूल्य प्रतिक्वीन्टल ६२० रुपैयाँ
महेश बस्नेतको अगुवाइमा गुण्डुमा बन्दैछ ओली कुटी
नेपालमा १०० भारु भन्दा माथिका नोट पनि चलाउन भारतको अनुमति
नलिन्चोक हेलिप्याड प्रकरण, प्रदीप अधिकारीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
उज्यालो नेपाल पार्टीमा खुले कुलमान



-1765351207.jpg)



