शिक्षकहरुको आन्दोलनले कक्षा १२ को परीक्षा नरोकिने

सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलनमै रहेका बेला कक्षा १२ को परीक्षा सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि तोकिएको कक्षा १२ को परीक्षा नरोकिने निर्णय गरेको छ ।
बोर्डको मंगलबार बसेको बैठकले परीक्षा केन्द्र तोकिएको विद्यालयमा परीक्षा सञ्चालनको आवश्यक तयारी गर्न जिल्लाको परीक्षा समन्वय समितिलाई निर्देशन दिएको छ । त्यस्तै परीक्षा सञ्चालनका लागि सबैलाई पुनः अनुरोध गर्ने निर्णय पनि गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
बैठकपछि पत्रकारहरुसँग उनले भने, ‘परीक्षा भनेको विद्यार्थीहरुको सेन्सेटिभ विषय हो, त्यसैले परीक्षा सञ्चालनका लागि शिक्षकहरुलाई पनि अनुरोध गर्ने निर्णय भएको छ ।’
यस वर्ष करिब साढे ५ लाख विद्यार्थीले कक्षा १२ को परीक्षा दिँदैछन् । तर सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलनमा भएका कारण परीक्षा के हुने भन्ने अन्योल थियो ।
नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षामा सहभागी नहुन र आन्दोलन जारी राख्न शिक्षकहरुलाई आह्वान नै गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले भने शिक्षकहरु नआए निजामती कर्मचारीको सहयोग लिएर भए पनि परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।

१२ वर्षकी चिनियाँ खेलाडीले वर्ल्ड च्याम्पियनसिपमा जितिन् पदक

खुला प्रतिस्पर्धाबाट मात्र शिक्षक नियुक्त गर्न १६ विद्यार्थी संगठनको माग

एनपीएलको हिसाब सार्वजनिक, पहिलो सिजनमै साढे सात करोड नाफा

बागमतीमा कांग्रेस संसदीय दलको नेताको चयन भोलि

हेटौंडामा बन्यो नयाँ क्रिकेट रंगशाला
