शिक्षकहरुको आन्दोलनले कक्षा १२ को परीक्षा नरोकिने
सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलनमै रहेका बेला कक्षा १२ को परीक्षा सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि तोकिएको कक्षा १२ को परीक्षा नरोकिने निर्णय गरेको छ ।
बोर्डको मंगलबार बसेको बैठकले परीक्षा केन्द्र तोकिएको विद्यालयमा परीक्षा सञ्चालनको आवश्यक तयारी गर्न जिल्लाको परीक्षा समन्वय समितिलाई निर्देशन दिएको छ । त्यस्तै परीक्षा सञ्चालनका लागि सबैलाई पुनः अनुरोध गर्ने निर्णय पनि गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
बैठकपछि पत्रकारहरुसँग उनले भने, ‘परीक्षा भनेको विद्यार्थीहरुको सेन्सेटिभ विषय हो, त्यसैले परीक्षा सञ्चालनका लागि शिक्षकहरुलाई पनि अनुरोध गर्ने निर्णय भएको छ ।’
यस वर्ष करिब साढे ५ लाख विद्यार्थीले कक्षा १२ को परीक्षा दिँदैछन् । तर सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलनमा भएका कारण परीक्षा के हुने भन्ने अन्योल थियो ।
नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षामा सहभागी नहुन र आन्दोलन जारी राख्न शिक्षकहरुलाई आह्वान नै गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले भने शिक्षकहरु नआए निजामती कर्मचारीको सहयोग लिएर भए पनि परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति








