रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट अब संयुक्त इजलासमा
रवि लामिछानेलाई रिहा गर्न माग गर्दै परेको बन्दी प्रत्यक्षीकरणको रिट संयुक्त इजलासमा सुनुवाइ हुने भएको छ ।
मंगलबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले रविको हकमा बन्दी प्रत्यक्षीकरणको रिट जारी हुनुपर्ने हो कि होइन लिखित जवाफ पेश गर्नू भनी विपक्षी नेपाल सरकारका नाममा आदेश दिएको छ ।
विपक्षी नेपाल सरकारले लिखित जवाफ पेश गरेपछि भने यो मुद्दा संयुक्त इजलासले सुनुवाइ गर्नेछ ।
सहकारी ठगीको मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशपछि रवि लामिछाने चैत २५ गतेदेखि जिल्ला कारागार रुपन्देहीमा पुर्पक्षका लागि थुनामा छन् ।
उनलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै पत्नी निकिताले वैशाख ७ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।
सो रिट यसअघि वैशाख ८ गते न्यायाधीश हरि फुयालको इजलासमा परेको थियो । तर न्यायाधीश फुयालले आफूले हेर्न नमिल्ने आदेश गरेका थिए ।
रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






