कक्षा १२ को परीक्षा प्रक्रियामा सहभागी नहुन शिक्षक महासंघको निर्देशन
नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षालाई सहयोग नगर्न शिक्षक र विद्यालय कर्मचारीलाई आग्रह गरेको छ ।
मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डले शिक्षकहरु आन्दोलनमा भए पनि कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेको थियो । बरु निजामती कर्मचारी परिचालन गरेर भए पनि परीक्षा सञ्चालन गर्ने बोर्डको तयारी छ ।
बोर्डको निर्णयपछि मंगलबार नेपाल शिक्षक महासंघको पनि बैठक बसेको थियो । बैठकले परीक्षाको प्रक्रियामा कुनै हालतमा सहभागी नहुन प्रधानाध्यापक, शिक्षक र विद्यालय कर्मचारीलाई आग्रह गरेको छ । कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि हुँदैछ ।
परीक्षा केन्द्र परेको विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुलाई राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी र जिल्ला प्रशासन कार्यालयबाट धम्की दिइएको भन्दै महासंघले आपत्ति जनाएको छ ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले जारी गरेको विज्ञप्तिमा कक्षा १२ को परीक्षाका केन्द्राध्यक्षलाई पनि सडक आन्दोलनमा आउन आग्रह गरिएको छ ।
हेर्नुहोस् महासंघको विज्ञप्ति

रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






