कक्षा १२ को परीक्षा प्रक्रियामा सहभागी नहुन शिक्षक महासंघको निर्देशन

नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षालाई सहयोग नगर्न शिक्षक र विद्यालय कर्मचारीलाई आग्रह गरेको छ ।
मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डले शिक्षकहरु आन्दोलनमा भए पनि कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेको थियो । बरु निजामती कर्मचारी परिचालन गरेर भए पनि परीक्षा सञ्चालन गर्ने बोर्डको तयारी छ ।
बोर्डको निर्णयपछि मंगलबार नेपाल शिक्षक महासंघको पनि बैठक बसेको थियो । बैठकले परीक्षाको प्रक्रियामा कुनै हालतमा सहभागी नहुन प्रधानाध्यापक, शिक्षक र विद्यालय कर्मचारीलाई आग्रह गरेको छ । कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि हुँदैछ ।
परीक्षा केन्द्र परेको विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुलाई राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी र जिल्ला प्रशासन कार्यालयबाट धम्की दिइएको भन्दै महासंघले आपत्ति जनाएको छ ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले जारी गरेको विज्ञप्तिमा कक्षा १२ को परीक्षाका केन्द्राध्यक्षलाई पनि सडक आन्दोलनमा आउन आग्रह गरिएको छ ।
हेर्नुहोस् महासंघको विज्ञप्ति

संविधान दिवशका दिन मधेशका दलले विरोध प्रदर्शन गर्ने

सेयर बजारमा पहिरो, तीनपटक सर्किट ब्रेक लागेर बन्द

मैले क्रिकेटबाट के सिकेँ भने ...

ब्यापारी भन्नेवित्तिकै ठग हुन् भन्ने भाष्य बनाइएको छ

भाटभटेनी स्टोरमा थप एक जनाको शव भेटियो
