शिक्षामन्त्रीको राजीनामाबारे ओली : शिक्षामा काम सजिलो छैन, सिकाइरहेको थिएँ
प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले स्वास्थ्यकै कारण राजीनामा दिएको जिकिर गरेका छन् ।
आज नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा बोल्दै उनले शिक्षामन्त्रीले हालै मात्र घाँटीको अपरेशन गरेको बताए ।
शिक्षा मन्त्रालय ठूलो रहेको र त्यहाँ काम गर्न अप्ठेरो पनि रहेको भन्दै मन्त्री भट्टराईले स्वास्थ्यकै कारण राजीनामा दिएको दाबी गरेका हुन् ।
विद्या भट्टराईलाई आफैंले मन्त्री बनाएको, सहयोग गरेको र काम पनि सिकाइरहेका बेला राजीनामा दिएको ओलीको भनाइ छ । ‘उहाँले घाँटीको अपरेशन गर्नुभयो, धेरै ठूलो मन्त्रालय छ, सजिलो पनि छैन, त्यसैले उहाँले स्वास्थ्यको कारण देखाउनुभएको छ’, प्रधानमन्त्री ओलीले भने ।
शिक्षामन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री ओलीलाई राजीनामा बुझाएकी थिइन् । शिक्षक आन्दोलन चलिरहेका बेला शिक्षामन्त्रीले राजीनामा दिनुलाई प्रधानमन्त्रीसँगको असन्तुष्टिका रुपमा हेरिएको छ । प्रधानमन्त्री ओलीले भने राजीनामालाई आफूविरुद्ध आक्रमणको विषय बनाएको भन्दै असन्तुष्टि जनाए ।
नेपाली कांगेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि थाइल्याण्डको बैंकक गएको भन्दै यसबाट सरकारको आयुबारे प्रश्न गर्न नमिल्ने पनि ओलीको भनाइ छ ।
रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






