कक्षा १२ को परीक्षा सर्यो, अब वैशाख २१ गतेदेखि हुने
                                                                    
                                
                            १० वैशाख, काठमाडौं । पर्सिदेखि हुने भनिएको कक्षा १२ को बार्षिक परीक्षा सरेको छ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरु काममा नफर्किएपछि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सार्ने निर्णय गरेको हो ।
बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार अब वैशाख २१ गतेदेखि परीक्षा हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओली लगायतसँग परामर्श गरेर यो निर्णय गरेको उनले जानकारी दिए ।
मंगलबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा नसार्ने निर्णय गरेको थियो । शिक्षकहरु आन्दोलनमै रहे पनि निजामती कर्मचारीको सहयोग लिएर परीक्षा सञ्चालन गर्ने बोर्डको तयारी थियो ।
उसले परीक्षा केन्द्रमा आवश्यक तयारी गर्न जिल्ला परीक्षा समन्वय समितिलाई निर्देशन दिइसकेको थियो ।
मंगलबार नै शिक्षक महासंघले कक्षा १२ को परीक्षा प्रक्रियामा सहभागी नहुने निर्णय गर्यो । केन्द्राध्यक्ष, शिक्षक र कर्मचारीलाई काम छाडेर आन्दोलनमा आउन आग्रह समेत गर्यो ।
शिक्षकहरुको असहयोग हुने भएपछि राष्ट्रिय परीक्षा बोर्ड अन्तत: परीक्षा सार्ने निष्कर्षमा पुगेको हो ।
आफूसँग विगतमा भएका सहमति कार्यान्वयन गरेर विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघ २०८१ चैत २० गतेदेखि आन्दोलनमा छ ।
                                                    रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
                                                    को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
                                                    रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
                                                    Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
                                                    मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?
                                                    
                    

-1761836913.jpg)






