कक्षा १२ को परीक्षा सर्यो, अब वैशाख २१ गतेदेखि हुने
१० वैशाख, काठमाडौं । पर्सिदेखि हुने भनिएको कक्षा १२ को बार्षिक परीक्षा सरेको छ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरु काममा नफर्किएपछि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सार्ने निर्णय गरेको हो ।
बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार अब वैशाख २१ गतेदेखि परीक्षा हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओली लगायतसँग परामर्श गरेर यो निर्णय गरेको उनले जानकारी दिए ।
मंगलबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा नसार्ने निर्णय गरेको थियो । शिक्षकहरु आन्दोलनमै रहे पनि निजामती कर्मचारीको सहयोग लिएर परीक्षा सञ्चालन गर्ने बोर्डको तयारी थियो ।
उसले परीक्षा केन्द्रमा आवश्यक तयारी गर्न जिल्ला परीक्षा समन्वय समितिलाई निर्देशन दिइसकेको थियो ।
मंगलबार नै शिक्षक महासंघले कक्षा १२ को परीक्षा प्रक्रियामा सहभागी नहुने निर्णय गर्यो । केन्द्राध्यक्ष, शिक्षक र कर्मचारीलाई काम छाडेर आन्दोलनमा आउन आग्रह समेत गर्यो ।
शिक्षकहरुको असहयोग हुने भएपछि राष्ट्रिय परीक्षा बोर्ड अन्तत: परीक्षा सार्ने निष्कर्षमा पुगेको हो ।
आफूसँग विगतमा भएका सहमति कार्यान्वयन गरेर विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघ २०८१ चैत २० गतेदेखि आन्दोलनमा छ ।
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति








