जम्मु कश्मिरमा आतंकवादी हमलामा मारिएका नेपाली बुटवलका
मंगलबार भारतको जम्मु–कश्मिरमा आतंकवादी आक्रमणबाट मारिएका सुदीप न्यौपाने बुटवलको भएको खुलेको छ ।
सोमबार जम्मु–कश्मिरको पहलगाममा आतंकवादी समूहले पर्यटकहरुको समूहमाथि आक्रमण गरेका थिए । घटनामा कम्तिमा २७ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । मृतकमध्ये एक नेपाली पनि छन् ।
उनी बुटवल ११ कालिकानगरमा सुदीप न्यौपाने हुन् । बुटवल उपमहानगरपालिका–१४ का वडाध्यक्ष दधिराम न्यौपानेका अनुसार सुदीप उनका आफन्त समेत हुन् ।
सुदीप, आमा रिमा पाण्डे, दिदी सुश्मा र भिनाजु उज्ज्वल काफ्लेसहित घुम्न कश्मिर गएका थिए ।
त्यसक्रममा आतंककारी आक्रमणमा परे । बन्दुकधारीहरुले त्यहाँ भएका मानिसहरुलाई कुन धर्मको हो भनेर सोध्नेर गोली हानेका थिए । सुदीपले पनि ज्यान गुमाए ।
सुदीपसँगै गएका तीन जना भने सकुशल छ । उनीहरु दिल्ली भएर काठमाडौं आउने तयारीमा छन् ।
वडाध्यक्ष न्यौपानेका अनुसार मृतक सुदीपको शव पनि नेपाल ल्याउने तयारी तयारी भइरहेको छ ।
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति








