जम्मु कश्मिरमा आतंकवादी हमलामा मारिएका नेपाली बुटवलका
मंगलबार भारतको जम्मु–कश्मिरमा आतंकवादी आक्रमणबाट मारिएका सुदीप न्यौपाने बुटवलको भएको खुलेको छ ।
सोमबार जम्मु–कश्मिरको पहलगाममा आतंकवादी समूहले पर्यटकहरुको समूहमाथि आक्रमण गरेका थिए । घटनामा कम्तिमा २७ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । मृतकमध्ये एक नेपाली पनि छन् ।
उनी बुटवल ११ कालिकानगरमा सुदीप न्यौपाने हुन् । बुटवल उपमहानगरपालिका–१४ का वडाध्यक्ष दधिराम न्यौपानेका अनुसार सुदीप उनका आफन्त समेत हुन् ।
सुदीप, आमा रिमा पाण्डे, दिदी सुश्मा र भिनाजु उज्ज्वल काफ्लेसहित घुम्न कश्मिर गएका थिए ।
त्यसक्रममा आतंककारी आक्रमणमा परे । बन्दुकधारीहरुले त्यहाँ भएका मानिसहरुलाई कुन धर्मको हो भनेर सोध्नेर गोली हानेका थिए । सुदीपले पनि ज्यान गुमाए ।
सुदीपसँगै गएका तीन जना भने सकुशल छ । उनीहरु दिल्ली भएर काठमाडौं आउने तयारीमा छन् ।
वडाध्यक्ष न्यौपानेका अनुसार मृतक सुदीपको शव पनि नेपाल ल्याउने तयारी तयारी भइरहेको छ ।

संविधान दिवशका दिन मधेशका दलले विरोध प्रदर्शन गर्ने

सेयर बजारमा पहिरो, तीनपटक सर्किट ब्रेक लागेर बन्द

मैले क्रिकेटबाट के सिकेँ भने ...

ब्यापारी भन्नेवित्तिकै ठग हुन् भन्ने भाष्य बनाइएको छ

भाटभटेनी स्टोरमा थप एक जनाको शव भेटियो
