नासु र खरिदारहरुको पनि आन्दोलन घोषणा
निजामती सेवाको नायब सुब्बा र खरिदारहरुले संघीय निजामती सेवा विधेयकमा आफूहरुको माग नसमेटिए सेवा प्रवाह रोक्नेसम्मको आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
निजामती सेवामा राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानले बुधबार विज्ञप्ति जारी गरी हाल राज्य व्यवस्था समितिमा छलफल भइरहेको निजामती सेवा विधेयकमा आफूहरुको माग समेट्न दबाब दिएको छ ।
अभियानले ५ वर्ष सेवा गरेका कर्मचारीलाई १ तह, १० वर्ष सेवा गरेका कर्मचारीलाई एक श्रेणी वा दुई तह बढुवा गर्नुपर्ने माग गरेको छ ।
त्यस्तै शाखा अधिकृतको पदपूर्ति गर्दा बढुवाबाट ४० प्रतिशत, आन्तरिक प्रतियोगिताबाट १० प्रतिशत र खुलाबाट ५० प्रतिशत मात्र गर्नुपर्ने अभियानको माग छ ।
खुलातर्फको विज्ञापनमा पनि राजपत्र अनंकित कर्मचारीले प्रतिस्पर्धा गर्न पाउनुपर्ने, संघ, पै्रदेश र स्थानीय तीनै तहमा कार्यरत कर्मचारीलाई निजामती कर्मचारीको परिभाषामा समेट्नुपर्ने माग पनि राजपत्र अनंकित कर्मचारीहरुको छ ।
उनीहरुले आफ्नो माग पूरा नभए वैशाख १२ गते माग पत्र टाँसेर काम गर्ने र राज्य व्यवस्था तथा सुशासन समितिबाट माग सुनुवाइ नभए सेवा प्रवाह रोक्नेसम्मको आन्दोलन गर्ने घोषणा गरेका छन् ।
हेर्नुहोस् विज्ञप्ति

खोटाङमा हेलिकप्टर दुर्घटना, सबै जना सकुशल
जेनजी शहीदकी आमा सुदनलाई भेट्दा भावुक
सांसदले गाउँपालिकालाई निर्देशन दिन मिल्छ ?
नेपाली कम्युनिस्ट पार्टीको घोषणापत्रमा के छ ?
संसद बिघटनको मुद्दामा किन ढिलाइ ?

-1773931562.jpeg)
-1773930665.jpeg)


-1773656815.jpeg)

