नासु र खरिदारहरुको पनि आन्दोलन घोषणा

निजामती सेवाको नायब सुब्बा र खरिदारहरुले संघीय निजामती सेवा विधेयकमा आफूहरुको माग नसमेटिए सेवा प्रवाह रोक्नेसम्मको आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
निजामती सेवामा राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानले बुधबार विज्ञप्ति जारी गरी हाल राज्य व्यवस्था समितिमा छलफल भइरहेको निजामती सेवा विधेयकमा आफूहरुको माग समेट्न दबाब दिएको छ ।
अभियानले ५ वर्ष सेवा गरेका कर्मचारीलाई १ तह, १० वर्ष सेवा गरेका कर्मचारीलाई एक श्रेणी वा दुई तह बढुवा गर्नुपर्ने माग गरेको छ ।
त्यस्तै शाखा अधिकृतको पदपूर्ति गर्दा बढुवाबाट ४० प्रतिशत, आन्तरिक प्रतियोगिताबाट १० प्रतिशत र खुलाबाट ५० प्रतिशत मात्र गर्नुपर्ने अभियानको माग छ ।
खुलातर्फको विज्ञापनमा पनि राजपत्र अनंकित कर्मचारीले प्रतिस्पर्धा गर्न पाउनुपर्ने, संघ, पै्रदेश र स्थानीय तीनै तहमा कार्यरत कर्मचारीलाई निजामती कर्मचारीको परिभाषामा समेट्नुपर्ने माग पनि राजपत्र अनंकित कर्मचारीहरुको छ ।
उनीहरुले आफ्नो माग पूरा नभए वैशाख १२ गते माग पत्र टाँसेर काम गर्ने र राज्य व्यवस्था तथा सुशासन समितिबाट माग सुनुवाइ नभए सेवा प्रवाह रोक्नेसम्मको आन्दोलन गर्ने घोषणा गरेका छन् ।
हेर्नुहोस् विज्ञप्ति

भारतको उत्तराखण्डमा भीषण बाढीले बस्ती नै बगायो, ४ जनाको मृत्यु, धेरै मानिस बेपत्ता

उच्चपदस्थ नेताको सम्पत्ति छानबिन आयोग बनाउन माओवादीको माग

बागमतीको मुख्यमन्त्रीमा कांग्रेस नेता बानियाँको दाबी

बागमतीमा २४ घण्टाभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

१२ वर्षकी चिनियाँ खेलाडीले वर्ल्ड च्याम्पियनसिपमा जितिन् पदक
