3 Minute
ललितपुर र पोखराबीच एनएसएलको उपाधि भिडन्त
नेपाल सुपर लिगको उपाधिका लागि ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुने भएको छ ।
बुधबार भएको क्वालिफायर्स टु को खेलमा धनगढी सीटी एफसीलाई १ –० ले हराउँदै पोखराले ललितपुरसँग उपाधि भिडन्त पक्का गरेको हो ।
पोखराको जितमा क्यामरुनी खेलाडी स्टेफेन समीर विनोङले खेलको अन्तिम समयमा गोल गरे । आयुस घलानले दिएको कर्नर पासमा विनोङले हेडमार्फत गोल गरेका थिए ।
त्यही गोल पोखरालाई फाइनल प्रवेशका लागि पर्याप्त भयो । बुधबारको खेलमा डिफेन्डर गौरव श्रेष्ठ रातो कार्ड खाएर बाहिरिएपछि पोखरा १० खेलाडीमा सीमित भएको थियो ।
यसअघि गत शनिबार भएको क्वालिफायर्समा धनगढीलाई २–१ ले हराउँदै ललितपुर एनएसएलको फाइनलमा पुगेको थियो ।
प्रकाशित मिति:
बुधबार, वैशाख १०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ








