3 Minute
ललितपुर र पोखराबीच एनएसएलको उपाधि भिडन्त

नेपाल सुपर लिगको उपाधिका लागि ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुने भएको छ ।
बुधबार भएको क्वालिफायर्स टु को खेलमा धनगढी सीटी एफसीलाई १ –० ले हराउँदै पोखराले ललितपुरसँग उपाधि भिडन्त पक्का गरेको हो ।
पोखराको जितमा क्यामरुनी खेलाडी स्टेफेन समीर विनोङले खेलको अन्तिम समयमा गोल गरे । आयुस घलानले दिएको कर्नर पासमा विनोङले हेडमार्फत गोल गरेका थिए ।
त्यही गोल पोखरालाई फाइनल प्रवेशका लागि पर्याप्त भयो । बुधबारको खेलमा डिफेन्डर गौरव श्रेष्ठ रातो कार्ड खाएर बाहिरिएपछि पोखरा १० खेलाडीमा सीमित भएको थियो ।
यसअघि गत शनिबार भएको क्वालिफायर्समा धनगढीलाई २–१ ले हराउँदै ललितपुर एनएसएलको फाइनलमा पुगेको थियो ।
प्रकाशित मिति:
बुधबार, वैशाख १०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute

भारतको उत्तराखण्डमा भीषण बाढीले बस्ती नै बगायो, ४ जनाको मृत्यु, धेरै मानिस बेपत्ता
मंगलबार, साउन २०, २०८२

उच्चपदस्थ नेताको सम्पत्ति छानबिन आयोग बनाउन माओवादीको माग
सोमबार, साउन १९, २०८२

बागमतीको मुख्यमन्त्रीमा कांग्रेस नेता बानियाँको दाबी
सोमबार, साउन १९, २०८२

बागमतीमा २४ घण्टाभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान
सोमबार, साउन १९, २०८२

१२ वर्षकी चिनियाँ खेलाडीले वर्ल्ड च्याम्पियनसिपमा जितिन् पदक
शुक्रबार, साउन १६, २०८२

खुला प्रतिस्पर्धाबाट मात्र शिक्षक नियुक्त गर्न १६ विद्यार्थी संगठनको माग
शुक्रबार, साउन १६, २०८२
ट्रेन्डिङ