पाकिस्तानी सैन्य कुटनीतिज्ञलाई भारत छाड्न निर्देशन, अटारी बोर्डर बन्द
जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतले बोल्ड निर्णय लिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको सुरक्षा मामिला समितिको बैठकले पाकिस्तानसँग जोडिएका ५ वटा विषयमा महत्वपूर्ण निर्णय लिएको छ ।
भारतीय विदेश सचिव बिक्रम मिस्रीका अनुसार बैठकले पाकिस्तानसँग भएको सिन्धु जल सम्झौता निलम्बन गर्ने निर्णय गरेको छ ।
यस्तै अटारी एकीकृत भन्सार जाँच चौकी बन्द गरिएको छ । यसअघि यो सीमा नाकाबाट वैधानिक रुपमा जो गएका छन्, उनीहरुलाई मे १ अगावै फर्किन भनिएको छ ।
सार्क भिसा स्कीम अन्तरगत पाकिस्तानी नागरिकलाई दिइएको भारत भ्रमणमा रोक लगाइएको छ । यसअघि ज–जसको भिसा जारी भएको छ, त्यो सबै रद्द गरिएको छ । र, यो भिसामा भारतमा रहेका पाकिस्तानी नागरिकहरुलाई छाड्न ४८ घण्टा समय दिइएको छ ।
भारतस्थित पाकिस्तानको उच्चायुक्तको कार्यालयमा रहेका सैन्य (रक्षा, नौसेना र वायु सेवा सल्लाहकार) कूटनीतिज्ञहरुलाई एक साताभित्र भारत छाड्न निर्देशन दिइएको छ । साथै इस्लामावादमा रहेका भारतीय सुरक्षा सल्लाहकारहरुलाई समेत भारतले फिर्ता बोलाएको छ ।
मंगलबार जम्मु–कश्मिरको पहलगाममा भएको चरमपन्थी आक्रमणमा २६ जना पर्यटक मारिएका छन् । उनीहरुमध्ये एक नेपाली नागरिक समेत रहेको खुलेको छ ।
यो घटना भएको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साउदी अरबको यात्रामा थिए । घटनाको खबर पाएलगत्तै भ्रमण छोट्याएर फर्किएका उनले गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल लगायतसँग छलफल गरेका थिए ।
इरानको चक्रब्यूहमा फसे ट्रम्प
सीआर्ईएले ६ महिनादेखि फलो गरिरहेको थियो खामेनी
७४ लाख फलोअर्स, ४४ हजार भोट, डा. तस्निम जाराको कथा
१७ वर्षसम्म देश फर्किन सकेनन्, अहिले सोझै प्रधानमन्त्री
मरुभूमिबाट कसरी धनाढ्यको शहर बन्यो दुबई ?

-1773931562.jpeg)


-1773656815.jpeg)

