पाकिस्तानी सैन्य कुटनीतिज्ञलाई भारत छाड्न निर्देशन, अटारी बोर्डर बन्द

जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतले बोल्ड निर्णय लिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको सुरक्षा मामिला समितिको बैठकले पाकिस्तानसँग जोडिएका ५ वटा विषयमा महत्वपूर्ण निर्णय लिएको छ ।
भारतीय विदेश सचिव बिक्रम मिस्रीका अनुसार बैठकले पाकिस्तानसँग भएको सिन्धु जल सम्झौता निलम्बन गर्ने निर्णय गरेको छ ।
यस्तै अटारी एकीकृत भन्सार जाँच चौकी बन्द गरिएको छ । यसअघि यो सीमा नाकाबाट वैधानिक रुपमा जो गएका छन्, उनीहरुलाई मे १ अगावै फर्किन भनिएको छ ।
सार्क भिसा स्कीम अन्तरगत पाकिस्तानी नागरिकलाई दिइएको भारत भ्रमणमा रोक लगाइएको छ । यसअघि ज–जसको भिसा जारी भएको छ, त्यो सबै रद्द गरिएको छ । र, यो भिसामा भारतमा रहेका पाकिस्तानी नागरिकहरुलाई छाड्न ४८ घण्टा समय दिइएको छ ।
भारतस्थित पाकिस्तानको उच्चायुक्तको कार्यालयमा रहेका सैन्य (रक्षा, नौसेना र वायु सेवा सल्लाहकार) कूटनीतिज्ञहरुलाई एक साताभित्र भारत छाड्न निर्देशन दिइएको छ । साथै इस्लामावादमा रहेका भारतीय सुरक्षा सल्लाहकारहरुलाई समेत भारतले फिर्ता बोलाएको छ ।
मंगलबार जम्मु–कश्मिरको पहलगाममा भएको चरमपन्थी आक्रमणमा २६ जना पर्यटक मारिएका छन् । उनीहरुमध्ये एक नेपाली नागरिक समेत रहेको खुलेको छ ।
यो घटना भएको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साउदी अरबको यात्रामा थिए । घटनाको खबर पाएलगत्तै भ्रमण छोट्याएर फर्किएका उनले गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल लगायतसँग छलफल गरेका थिए ।

दक्षिण एसियाका युवा आन्दोलन, जसले बढार्यो पुरानो सत्ता

चीनले देखायो नयाँ हतियार, जसले अमेरिकासम्म हान्न सक्छ मार

अफगानिस्तानमा भूकम्पबाट ८०० भन्दा धेरैको मृत्यु, २,८०० घाइते

बेइजिङ कब्जा गरिसकेको जापान कसरी हार्यो चीनसँग ?

एसियाका १० धनाढ्य : मुकेश अम्बानीदेखि टिकटकका मालिकसम्म
-1756042148.jpg)