देउवा बैंककमा हुँदैमा ओलीको फोन
सरकार परिर्वतनको हल्ला चलेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको बैंकक भ्रमणमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई टेलिफोन गरेका छन् ।
पछिल्लो समय माओवादी अध्यक्ष प्रचण्डले सरकार ढल्ने दाबी गर्दै आएका छन् । बिहीबार संसदीय दलको बैठकमा उनले कांग्रेस सभापति देउवा बैंकक जानु अगाडि फोनमा कुराकानी भएको र फर्किएर आएपछि थप सम्वाद हुने बताएका थिए।
परराष्ट्रमन्त्री आरजु देउवाका अनुसार प्रधानमन्त्री ओलीले बिहीबार नै देउवासँग फोनमा सम्वाद गरेका हुन् । शुक्रबार स्वदेश फर्किएकी उनले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपालमा मनोरञ्जनका लागि मात्र सरकार परिवर्तनको हल्ला चलाइएको दाबी गरिन् ।
सरकार परिर्वतन गर्न नेपालभित्रै हुनुपर्ने होला, विदेशमा गएर त सरकार परिवर्तन हुँदैन', कांग्रेस सभापति देउवाकी पत्नीसमेत रहेकी उनले भनिन्, ‘यस्तो समाचार सुनेर हामी पनि छक्क पर्यौं ।’
रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






