3 Minute
ललितपुरले जित्यो एनएसएलको उपाधि

नेपाल सुपर लिग २०२५ को उपाधि ललितपुर सिटी एफसीले जितेको छ । पोखरा थन्डर्सलाई २–१ ले हराउँदै ललितपुरले लगातार दोस्रो सिजन पनि एनएसएलको उपाधि जितेको हो ।
शनिबार दशरथ रंगशालामा भएको खेलमा ललितपुरलाई जिताउन दुबै गोल विदेशी खेलाडीले गरे ।
४२ औं मिनेटमा इमो इजेकेलको गोलमा ललितपुरले अग्रता लिएको थियो । ६४ औं मिनेटमा पोखराका सुदिल राईले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । तर ७४ औं मिनेटमा ललितपुरका पापा केबेले गोल गरे । त्यसपछि खेलमा कुनै गोल नभएपछि ललितपुर बिजयी भयो ।
ललितपुरले नेपाल सुपर लिगमा अपराजित रहँदै उपाधि जितेको हो ।
बिजेता ललितपुरले ८० लाख रुपैयाँ पुरस्कार पाउनेछ । उपबिजेता पोखराले ३० लाख रुपैयाँ पाउनेछ ।
प्रकाशित मिति:
शनिबार, वैशाख १३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute

भारतको उत्तराखण्डमा भीषण बाढीले बस्ती नै बगायो, ४ जनाको मृत्यु, धेरै मानिस बेपत्ता
मंगलबार, साउन २०, २०८२

उच्चपदस्थ नेताको सम्पत्ति छानबिन आयोग बनाउन माओवादीको माग
सोमबार, साउन १९, २०८२

बागमतीको मुख्यमन्त्रीमा कांग्रेस नेता बानियाँको दाबी
सोमबार, साउन १९, २०८२

बागमतीमा २४ घण्टाभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान
सोमबार, साउन १९, २०८२

१२ वर्षकी चिनियाँ खेलाडीले वर्ल्ड च्याम्पियनसिपमा जितिन् पदक
शुक्रबार, साउन १६, २०८२

खुला प्रतिस्पर्धाबाट मात्र शिक्षक नियुक्त गर्न १६ विद्यार्थी संगठनको माग
शुक्रबार, साउन १६, २०८२
ट्रेन्डिङ