रवीन्द्र मिश्र र दुर्गा प्रसाईं थप ७ दिन हिरासतमा रहने
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं थप ७ दिन हिरासतमा रहने भएका छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनीहरुमाथि अनुसन्धानका लागि थप २० दिन समय माग गरेको थियो ।
तर उनीहरुलाई ७ दिन हिरासतमा राख्न अनुमित दिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए । २०८१ चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा २ जनाको मृत्यु भएको थियो भने निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड भएको थियो ।
घटनामा संलग्नताको आरोपमा राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री धवलशमशेर राणा चैत १५ गते नै पक्राउ परेका थिए । त्यसपछि अन्य आरोपीहरु पनि पक्राउ पर्दै गएका थिए ।
आन्दोलनका कमाण्डर प्रसाईं चैत २८ गते पक्राउ परेका थिए । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी श्रेष्ठका अनुसार आइतबार मिश्र र प्रसाईंसहित २५ जनालाई थप ७ दिन थुनामा राख्न आदेश भएको छ ।
उनीहरुमाथि राज्यविरुद्धको अपराध, संगठित अपराधलगायतका कसुरमा अनुसन्धान भइरहेको छ ।
राप्रपा महामन्त्री धवलशमशेर राणा भने अदालतको आदेशमा वैशाख ८ गते हाजिर जवानीमा रिहा भएका थिए ।
संसद बिघटनको मुद्दामा किन ढिलाइ ?
विदेश जाँदा के–के लैजान मिल्दैन ?
निपा भाइरस कसरी सर्छ ? कसरी बच्ने ?
रविको चेतावनी : पुरानो संसद फर्काउने चलखेल स्वीकार्दैनौं
रुकुममा प्रचण्डसँग चुनाव लडेका शहीदपुत्र








