क्यानडामा सत्तारुढ लिबरल पार्टी बहुमत नजिक
क्यानडामा प्रधानमन्त्री मार्क कार्नीको लिबरल पार्टीले आम चुनावमा बहुमत हासिल गर्ने सम्भावना देखिएको छ । मतगणना जारी रहँदा हाउस अफ कमन्समा लिबरल पार्टीले १६५ सिटमा अग्रता लिएको छ ।
क्यानडाको संसदमा बहुमत हासिल गर्न १७२ सिट जित्नुपर्छ । दोस्रो स्थानमा रहेको कन्जरभेटिभ पार्टीले १४७ स्थानमा अग्रता लिएको छ ।
क्यानडाका सञ्चार माध्यमहरुले चुनावी नतिजापछि हालका प्रधानमन्त्री मार्क कार्नी नै प्रधानमन्त्रीमा दोहोरिने सम्भावना रहेको बताएका छन् । तर सरकार निर्माणका लागि साना पार्टीहरुको समर्थन लिनुपर्ने देखिएको छ ।
तत्कालिन प्रधानमन्त्री जस्टिन ट्रुडोले राजीनामा दिएपछि उनी गत मार्चको सुरुमा प्रधानमन्त्री नियुक्त भएका थिए ।
क्यानडामा लिबरल पार्टीकै नेता जस्टिन ट्रुडो प्रधानमन्त्री रहँदा उनी र पार्टीको लोकप्रियता घटेको थियो । तर उनले राजीनामा दिएर मार्क कार्नी प्रधानमन्त्री नियुक्त भएपछि भने लिबरल पार्टीको लोकप्रियता बढ्न थालेको थियो ।
त्यही बेला अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेका थिए । उनले क्यानडालाई अमेरिकाको ५१ औं राज्य बनाउने अभिव्यक्ति दिनेदेखि क्यानडाको उत्पादनमा कर वृद्धि गरेका थिए ।
त्यसैले क्यानडामा अमेरिकाविरुद्ध लड्नसक्ने नेतृत्वको खोजी भएको थियो ।
विपक्षी कन्जरभेटिभ पार्टीका नेता पेरी पोलिभरलाई धेरै क्यानडेलीले अर्को डोनाल्ड ट्रम्प भनेका थिए भने प्रधानमन्त्री मार्क कार्नीलाई ट्रम्पसँग लड्न सक्ने उपयुक्त पात्र ठानेका थिए ।
चुनावको प्रारम्भिक नतिजापछि प्रधानमन्त्री मार्क कार्नीले समर्थकमाझ सम्बोधन गरेका थिए । त्यस क्रममा उनले भनेका छन्, ‘मेरो सरकारले तपाईहरुका लागि काम गर्नेछ । उनले क्यानडा घर भएका हरेक व्यक्तिको आफूले राम्रोसँग प्रतिनिधित्व गर्ने भन्दै लिबरल पार्टीलाई मत नदिनेहरुको पनि विश्वास जित्न खोजेका छन् ।
उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडेलीहरुलाई विभाजन गर्न खोजेको तर त्यस्तो कहिल्यै नहुने बताएका छन् ।

दक्षिण एसियाका युवा आन्दोलन, जसले बढार्यो पुरानो सत्ता

चीनले देखायो नयाँ हतियार, जसले अमेरिकासम्म हान्न सक्छ मार

अफगानिस्तानमा भूकम्पबाट ८०० भन्दा धेरैको मृत्यु, २,८०० घाइते

बेइजिङ कब्जा गरिसकेको जापान कसरी हार्यो चीनसँग ?

एसियाका १० धनाढ्य : मुकेश अम्बानीदेखि टिकटकका मालिकसम्म
-1756042148.jpg)