Podcasts
Podcast : बुद्धछिरिङ मोक्तान
'ज्ञानेन्द्रका ज्वाइँ, रवि लामिछानेको रास्वपा र राजेन्द्र महतोको राजनीति'
बुद्धछिरिङ मोक्तान हाल राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका नेता हुन् ।
सिन्धुपाल्चोकका मोक्तान बाल्यकालमा कम्युनिस्ट राजनीतिमा आकर्षित थिए । गाउँको विद्यालयमा पढाउने शिक्षकहरुले उनलाई कम्युनिस्ट राजनीतितिर तानेका थिए ।
उनी अहिलेको अवस्थालाई विशाल अनिश्चितता र भ्रमको समय भन्न रुचाउँछन् । तर अहिलेको कांग्रेस र कम्युनिस्ट पार्टीसँग यसलाई हटाउने राजनीतिक योजना नभएको मोक्तानको भनाइ छ ।
यो पडकास्टमा बुद्धछिरिङले राखेको विचारको सारसंक्षेप :
- ग्लोबल अर्डर परिवर्तन भएजस्तै नेपालमा पनि राजनीतिक अर्डर परिवर्तन हुँदैछ ।
- नेपालमा विवेकशील साझा पार्टी नैतिक अभियान जस्तो भयो, तर राजनीतिक योजना ल्याउन सक्नुभएन । राजनीतिक योजना ल्याउने क्षमता उहाँहरुमा देखिँदैन ।
- पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ राजबहादुर सिंहसँग मिलेर पनि राजनीति अघि बढाउने प्रयास गरेँ । उनी जनता दलको केन्द्रीय सदस्य थिए र मन्त्री बन्ने चाहना थियो ।
- मलाई पनि केही मानिसले उनीसँग भेट गराए । मैले उनलाई शाहवंशीय परिवारबाट नयाँ नेताको रुपमा उदाउन सक्नुहुन्छ भनेँ ।
- नेपालमा २०६२/०६३ को आन्दोलनपछि नेपाल पुँजीपतिहरुको कब्जामा जान थाल्यो । त्यसअघि राज्यसत्ता कर्मचारीतन्त्रको कब्जामा थियो ।
- राज्यसत्ता पुँजीपतिको कब्जामा भएपछि राज्यसत्ता कब्जा गर्न युद्ध गरिरहन आवश्यक पर्दैन ।
- नेपालको राजनीतिमा हिंसाको प्रयोग सबैले गरे । बीपीले पनि गरे, कम्युनिस्टहरुले त गर्ने नै भइहाले ।
- नेपालमा कसैले आफूलाई खाँटी मधेशी मान्छ भने त्यो राजेन्द्र महतो हो ।अरु साथीहरुले मधेशीको नाममा राजनीति गरिरहेका छन्, तर मधेशी ठानिँदैनन् ।
- त्यसैले नेपालमा पहिचानको राजनीतिको बिम्ब छ भने राजेन्द्र महतो मात्र हो । भौतिक रुपमा धोती लगाउने पनि राजेन्द्र महतो मात्र हो ।
- पहाडमा पहिचानको राजनीतिको बिम्ब कोही छैन ।
प्रकाशित मिति:
मंगलबार, वैशाख १६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
Podcasts
त्रिशूली किनारका बचेका बस्ती किन छन् झनै ठूलो जोखिममा ?
आइतबार, असोज ४, २०८३
'गाउँ-गाउँका युवा परे, कतिको त जलाउने मान्छे समेत बचेनन्'
मंगलबार, भदौ १६, २०८३
नेपालले बनाउनैपर्ने पूर्वाधार काठमाडौं-रक्सौल रेलमार्ग हो
शुक्रबार, भदौ १२, २०८३
बेलायतले माफी माग्नुपर्छ, गोर्खा भर्ती बन्द गर्नुहुन्न
शुक्रबार, भदौ १२, २०८३
देउवाको शक्ति सकिएको छैन, समस्या इगो मात्र हो
बुधबार, साउन २०, २०८३
शंकर–विद्या जो आएपनि हुन्छ, ओलीले छाड्नैपर्छ
शनिबार, साउन २, २०८३
ट्रेन्डिङ








