दोस्रो चरणको प्रशिक्षणका लागि २५ क्रिकेट खेलाडी छनोट
नेपाल क्रिकेट संघ (क्यान) ले विश्व क्रिकेट लिग डिभिजन टु को तयारीका लागि २५ जना खेलाडी छनोट गरेको छ ।
क्यानले प्रशिक्षणको दोस्रो फेजका लागि कप्तान रोहित पौडेलको कप्तानीमा २५ जना खेलाडी छनोट गरेको हो ।
नेपाली क्रिकेटका नवनियुक्त मुख्य प्रशिक्षक स्टुअर्ट ल ले मूलपानी मैदानमा भएको प्रशिक्षणमा रहेका ५३ जनामध्येबाट २५ जना छनोट गरेका हुन् ।
जसमा आसिफ शेख, कुशल भुर्तेल, अनिलकुमार साह, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, अर्जुन साउद, बसिर अहमद, दिलिप नाथ, आरिफ सेख, युवराज खत्री, किरण ठगुन्न्ना छन् ।
त्यस्तै सन्दीप लामिछाने, ललितनारायण राजवंशी, सहाब आलम, सोमपाल कामी, करण केसी, नन्दन यादव, प्रतीश जिसी, रिजन ढकाल, आकाश चन्द, रुपेश कुमार सिंह, लोकेश बम र शुभ कंसाकार पनि २५ जनाको सूचीमा परेका छन् ।
अब मुख्य प्रशिक्षक लले यही २५ जनाबाट बेलायत भ्रमणमा जाने नेपाली टिमको छनोट गर्नेछन् । बेलायत र स्कटल्याण्डमा गरी नेपालले कुल ६ वटा अभ्यास खेल खेल्नेछ । अभ्यास खेल जेठ २ गतेबाट सुरु हुनेछ ।
संसद बिघटनको मुद्दामा किन ढिलाइ ?
विदेश जाँदा के–के लैजान मिल्दैन ?
निपा भाइरस कसरी सर्छ ? कसरी बच्ने ?
रविको चेतावनी : पुरानो संसद फर्काउने चलखेल स्वीकार्दैनौं
रुकुममा प्रचण्डसँग चुनाव लडेका शहीदपुत्र








