अष्ट्रेलियामा ट्रम्पविरोधी भावना, सत्तारुढ दलले जित्यो चुनाव
अष्ट्रेलियामा प्रधानमन्त्री एन्थोनी अलबान्सको लेबर पार्टीले चुनाव जितेको छ । अष्ट्रेलियाको संसदमा लेबर पार्टीले स्पष्ट बहुमत कायम गरेको छ र अलबान्स दोस्रो कार्यकाल पनि प्रधानमन्त्री बन्ने पक्का भएको छ ।
विपक्षी दल लिबरल पार्टीले चुनाव मात्र हारेको छैन, उसका नेता पिटर डटन सांसद निर्वाचित हुन पनि सकेनन् ।
अष्ट्रेलियामा १५० सदस्यीय संसद छ । जसमा सरकार निर्माणका लागि संसदमा कम्तीमा ७६ सिट जित्नुपर्छ र ६४ प्रतिशत मत गणना हुँदा नै लेबर पार्टीले ८५ सिट जितिसकेको छ । विपक्षी लिबरल पार्टीले भने ४१ सिटमात्र जितेको छ ।
यसवर्ष अष्ट्रेलियामा आवास सुविधा र रोजगारी ठूलो चुनावी मुद्दा बनेको थियो ।
अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि त्यसको धेरैथोरै असर विश्वभर परेको छ र कतिपय देशहरुमा कन्जरभेटिभहरु सत्तामा आएका छन् । तर अष्ट्रेलियामा भने ट्रम्पविरोधी भावना देखियो । यसअघि गत हप्ता क्यानडामा भएको चुनावमा पनि ट्रम्प विरोधी लिबरल पार्टीले चुनाव जितेको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भित्रने सामानमा कर बढाएका थिए, जसले अष्ट्रेलियामा अमेरिकाविरोधी भावनाको विकास गरेको थियो ।
प्रधानमन्त्री एन्थोनी अलबान्स दुई दशकयता लगातार दोस्रो कार्यकाल प्रधानमन्त्री बन्ने पहिलो नेता बन्दैछन् ।
चुनावको प्रारम्भिक नतिजा आएपछि सम्बोधन गर्दै उनले विश्वभर अनिश्चितता बढिरहेका बेला अष्ट्रेलियनहरुले आशा र भरोसालाई रोजेको बताए ।
चुनाव हारेका विपक्षी दलका नेता पिटर डटनले लिबरल पार्टी समर्थकहरुको शोकमा रहेको बताए । उनले आफूहरु चुनावका बेला विपक्षीले भनेजस्तो नरहेको भन्दै अब पार्टी पुनर्संरचना सुरु गर्नुपर्ने धारणा राखे ।
संसद बिघटनको मुद्दामा किन ढिलाइ ?
विदेश जाँदा के–के लैजान मिल्दैन ?
निपा भाइरस कसरी सर्छ ? कसरी बच्ने ?
रविको चेतावनी : पुरानो संसद फर्काउने चलखेल स्वीकार्दैनौं
रुकुममा प्रचण्डसँग चुनाव लडेका शहीदपुत्र








