अष्ट्रेलियामा ट्रम्पविरोधी भावना, सत्तारुढ दलले जित्यो चुनाव

अष्ट्रेलियामा प्रधानमन्त्री एन्थोनी अलबान्सको लेबर पार्टीले चुनाव जितेको छ । अष्ट्रेलियाको संसदमा लेबर पार्टीले स्पष्ट बहुमत कायम गरेको छ र अलबान्स दोस्रो कार्यकाल पनि प्रधानमन्त्री बन्ने पक्का भएको छ ।
विपक्षी दल लिबरल पार्टीले चुनाव मात्र हारेको छैन, उसका नेता पिटर डटन सांसद निर्वाचित हुन पनि सकेनन् ।
अष्ट्रेलियामा १५० सदस्यीय संसद छ । जसमा सरकार निर्माणका लागि संसदमा कम्तीमा ७६ सिट जित्नुपर्छ र ६४ प्रतिशत मत गणना हुँदा नै लेबर पार्टीले ८५ सिट जितिसकेको छ । विपक्षी लिबरल पार्टीले भने ४१ सिटमात्र जितेको छ ।
यसवर्ष अष्ट्रेलियामा आवास सुविधा र रोजगारी ठूलो चुनावी मुद्दा बनेको थियो ।
अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि त्यसको धेरैथोरै असर विश्वभर परेको छ र कतिपय देशहरुमा कन्जरभेटिभहरु सत्तामा आएका छन् । तर अष्ट्रेलियामा भने ट्रम्पविरोधी भावना देखियो । यसअघि गत हप्ता क्यानडामा भएको चुनावमा पनि ट्रम्प विरोधी लिबरल पार्टीले चुनाव जितेको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भित्रने सामानमा कर बढाएका थिए, जसले अष्ट्रेलियामा अमेरिकाविरोधी भावनाको विकास गरेको थियो ।
प्रधानमन्त्री एन्थोनी अलबान्स दुई दशकयता लगातार दोस्रो कार्यकाल प्रधानमन्त्री बन्ने पहिलो नेता बन्दैछन् ।
चुनावको प्रारम्भिक नतिजा आएपछि सम्बोधन गर्दै उनले विश्वभर अनिश्चितता बढिरहेका बेला अष्ट्रेलियनहरुले आशा र भरोसालाई रोजेको बताए ।
चुनाव हारेका विपक्षी दलका नेता पिटर डटनले लिबरल पार्टी समर्थकहरुको शोकमा रहेको बताए । उनले आफूहरु चुनावका बेला विपक्षीले भनेजस्तो नरहेको भन्दै अब पार्टी पुनर्संरचना सुरु गर्नुपर्ने धारणा राखे ।

भारतको उत्तराखण्डमा भीषण बाढीले बस्ती नै बगायो, ४ जनाको मृत्यु, धेरै मानिस बेपत्ता

उच्चपदस्थ नेताको सम्पत्ति छानबिन आयोग बनाउन माओवादीको माग

बागमतीको मुख्यमन्त्रीमा कांग्रेस नेता बानियाँको दाबी

बागमतीमा २४ घण्टाभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

१२ वर्षकी चिनियाँ खेलाडीले वर्ल्ड च्याम्पियनसिपमा जितिन् पदक
