विदेशमा पढ्ने विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न सभामुखको रुलिङ
प्रतिनिधिसभाले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षाको सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ ।
भारतको ओडिसास्थित कलिंगा इन्ष्टिच्युट अफ टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रिसा शाहको गत बिहीबार राति शंकास्पद मृत्यु भएको थियो ।
यो विषयमा संसदको आकस्मिक र शून्य समयमा धेरै सांसदहरुले कुरा उठाएका थिए । उनीहरुले केआईआईटीमा अध्ययनरत प्रिशा साहको मृत्युको सत्य तथ्य पत्ता लगाउन माग गर्दै आएका थिए । त्यस्तै विदेशमा अध्ययनरत नेपाली विद्यार्थीको सुनिश्चित गर्न पनि माग गरेका थिए ।
आज सभामुख देवराज घिमिरेले यो विषयमा संसदको ध्यानाकर्षण भएको बताउँदै विदेशमा अध्ययनरत विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न सरकारलाई रुलिङ गरेका हुन् ।
उज्यालो भविष्यको सपना बोकेर अधययनका लागि विदेशिएका विद्यार्थीको एकपछि अर्को मृत्युको घटना राष्ट्रको संवेदनशीलता र जिम्मेदारीसँग जोडिएको विषय भएको उनले बताए ।
सभामुख घिमिरेले सरकारलाई यस घटनाप्रति गहिरो चासो लिँदै सत्य तथ्य पत्ता लगाउन सम्बन्धित पक्षसँग संवाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न पनि निर्देशन दिएका छन् ।
खोटाङमा हेलिकप्टर दुर्घटना, सबै जना सकुशल
जेनजी शहीदकी आमा सुदनलाई भेट्दा भावुक
सांसदले गाउँपालिकालाई निर्देशन दिन मिल्छ ?
नेपाली कम्युनिस्ट पार्टीको घोषणापत्रमा के छ ?
संसद बिघटनको मुद्दामा किन ढिलाइ ?

-1773931562.jpeg)
-1773930665.jpeg)


-1773656815.jpeg)

