विदेशमा पढ्ने विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न सभामुखको रुलिङ

प्रतिनिधिसभाले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षाको सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ ।
भारतको ओडिसास्थित कलिंगा इन्ष्टिच्युट अफ टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रिसा शाहको गत बिहीबार राति शंकास्पद मृत्यु भएको थियो ।
यो विषयमा संसदको आकस्मिक र शून्य समयमा धेरै सांसदहरुले कुरा उठाएका थिए । उनीहरुले केआईआईटीमा अध्ययनरत प्रिशा साहको मृत्युको सत्य तथ्य पत्ता लगाउन माग गर्दै आएका थिए । त्यस्तै विदेशमा अध्ययनरत नेपाली विद्यार्थीको सुनिश्चित गर्न पनि माग गरेका थिए ।
आज सभामुख देवराज घिमिरेले यो विषयमा संसदको ध्यानाकर्षण भएको बताउँदै विदेशमा अध्ययनरत विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न सरकारलाई रुलिङ गरेका हुन् ।
उज्यालो भविष्यको सपना बोकेर अधययनका लागि विदेशिएका विद्यार्थीको एकपछि अर्को मृत्युको घटना राष्ट्रको संवेदनशीलता र जिम्मेदारीसँग जोडिएको विषय भएको उनले बताए ।
सभामुख घिमिरेले सरकारलाई यस घटनाप्रति गहिरो चासो लिँदै सत्य तथ्य पत्ता लगाउन सम्बन्धित पक्षसँग संवाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न पनि निर्देशन दिएका छन् ।

भारतको उत्तराखण्डमा भीषण बाढीले बस्ती नै बगायो, ४ जनाको मृत्यु, धेरै मानिस बेपत्ता

उच्चपदस्थ नेताको सम्पत्ति छानबिन आयोग बनाउन माओवादीको माग

बागमतीको मुख्यमन्त्रीमा कांग्रेस नेता बानियाँको दाबी

बागमतीमा २४ घण्टाभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

१२ वर्षकी चिनियाँ खेलाडीले वर्ल्ड च्याम्पियनसिपमा जितिन् पदक
