थानकोट नौबिसे सडक बन्द हुँदा कुन बाटो प्रयोग गर्ने ?
थानकोटको बाटो भएर काठमाडौं बाहिर जाँदै हुनुहुन्छ ? त्यसो भए राति नहिँड्नुस् है । सोमबार वैशाख २२ गतेदेखि ३१ गतेसम्म नागढुंगादेखि पिपलामोडसम्मको सडक राति ११ बजेदेखि बिहान ३ बजेसम्म बन्द गरिँदैछ ।
सडक विस्तारको काम भइरहेकाले रातिमा गाडी नै बन्द गरेर काम गरेको नागढुंगा मुग्लिन सडक आयोजना (पूर्वी खण्ड) कार्यालयले जनाएको छ ।
अब राति ११ बजेपछि काठमाडौंबाट बाहिरिने गाडी नागढुंगामा रोकिनेछन् । अनि धार्केतिरबाट आउने गाडीहरु खत्रीपौवा पुलमा रोकिनेछन् । एम्बुलेन्स र सुरक्षा प्रयोजनका गाडी भने चल्न पाउनेछन् ।
राति यात्रा गर्नुपर्ने भएमा वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । काठमाडौंको सीतापाइलाबाट –भीमढुंगा–रामकोट हुँदै धार्के पुग्न सकिने एउटा सडक छ । हिजोआज पनि जाम छल्न धेरै सवारी साधनले यो सडक प्रयोग गर्दै आएका छन् ।
त्यस्तै सामाखुसीबाट –टोखा–गुर्जेभञ्ज्याङ–छहरे–त्रिशूली हुँदै गल्छीसम्मको सडक पनि प्रयोग गर्न सकिने ट्राफिक प्रहरीले जनाएको छ ।
मेसीभन्दा कम उमेरमै गरे यमालले विश्वकपमा गोल
राप्रपाको महाधिवेशन मंसिर २६ देखि काठमाडौंमा
मेसीको बुबलाई के भएको हो ?, परिवारले निकाल्यो विज्ञप्ति
सर्लाहीबाट ७५ बोरा फर्सीको बियाँ बरामद
ह्याट्रिकसँगै मेसीले बनाए नयाँ रेकर्ड



-1781681783.png)
-1781759377.png)



