नेभिगेशन
3 Minute

थानकोट नौबिसे सडक  बन्द हुँदा कुन बाटो प्रयोग गर्ने  ?

थानकोटको बाटो भएर काठमाडौं बाहिर जाँदै हुनुहुन्छ ? त्यसो भए राति नहिँड्नुस् है । सोमबार वैशाख २२ गतेदेखि ३१ गतेसम्म नागढुंगादेखि पिपलामोडसम्मको सडक राति ११ बजेदेखि बिहान ३ बजेसम्म बन्द गरिँदैछ ।

सडक विस्तारको काम भइरहेकाले रातिमा गाडी नै बन्द गरेर काम गरेको नागढुंगा मुग्लिन सडक आयोजना (पूर्वी खण्ड) कार्यालयले जनाएको छ ।

अब राति ११ बजेपछि काठमाडौंबाट बाहिरिने गाडी नागढुंगामा रोकिनेछन् । अनि धार्केतिरबाट आउने गाडीहरु खत्रीपौवा पुलमा रोकिनेछन् । एम्बुलेन्स र सुरक्षा प्रयोजनका गाडी भने चल्न पाउनेछन् ।

राति यात्रा गर्नुपर्ने भएमा वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । काठमाडौंको सीतापाइलाबाट –भीमढुंगा–रामकोट हुँदै धार्के पुग्न सकिने एउटा सडक छ । हिजोआज पनि जाम छल्न धेरै सवारी साधनले यो सडक प्रयोग गर्दै आएका छन् ।

त्यस्तै सामाखुसीबाट –टोखा–गुर्जेभञ्ज्याङ–छहरे–त्रिशूली हुँदै  गल्छीसम्मको सडक पनि प्रयोग गर्न सकिने ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप 3 Minute