क्रिकेटर आदिल अन्सारीको प्रतिबन्ध फुकुवा
स्पट फिक्सिङको आरोप लागेपछि प्रतिबन्धमा परेका क्रिकेटर आदिल अन्सारीको प्रतिबन्ध फुकुवा भएको छ । अब उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुबै क्रिकेट खेल्न पाउनेछन् ।
२०७९ पुस ९ देखि २७ गतेसम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको नेपाल टी–२० क्रिकेट लिग प्रतियोगितामा भेट्रान क्रिकेटर महबुब आलम र आदिल माथि स्पट फिक्सिङको आरोप लागेको थियो ।
जनकपुर रोयल्सबाट खेलेका उनले २०७९ पुस १२ गते काठमाडौं नाइट्सविरुद्धको खेलमा बलिङ गर्दा स्पट फिक्सिङ गरेको आरोप थियो ।
स्पट फिक्सिङको आरोप लागेपछि नेपाल क्रिकेट संघ (क्यान)ले एन्टी करप्सन कोड बमोजिम कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नपाउने गरी प्रतिबन्ध लगाएको थियो ।
तर क्यानको इन्टीग्रिटी कमिटीले आवश्यक प्रक्रिया पूरा गरी प्रतिबन्ध फकुवा गर्ने निर्णयसहितको प्रतिवेदन दिएपछि उनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलन पाउने गरी वैशाख २१ देखि प्रतिबन्ध फुकुवा गरेको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।
यो मुद्दामा काठमाडौं जिल्ला अदालतले २०८० चैत १२ गते दुबै जनालाई सफाइ दिइसकेको थियो ।
हेर्नुहोस् क्यानको विज्ञप्ति

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति








