स्कुललाई काठमाडौं महानगरको निर्देशन : अंग्रेजी बोलेन भनेर कारबाही नगर्नू
काठमाडौं महानगरपालिकाले विद्यार्थीले नेपाली बोलेमा कारबाही नगर्न विद्यालयहरुलाई निर्देशन दिएको छ ।
सोमबार काठमाडौं महानगरपालिकाको शिक्षा विभागले सबै सामुदायिक र निजी विद्यालयलाई पत्र पठाएर विद्यार्थीले नेपाली भाषामा कुरा गरेको आधारमा कारबाही गरेको गुनासो आएको बताएको छ ।
विद्यालयहरुले अंग्रेजी भाषा अनिवार्य गरेर विद्यार्थीले विद्यालय परिसरमा नेपाली भाषामा कुरा गरेमा दण्डित गर्ने वा जरिवाना गर्ने काम तत्काल बन्द गर्न पत्रमार्फत आग्रह गरेको छ ।
महानगरका शिक्षा अधिकृत नेत्रनारायण पौडेलले विद्यालयहरुले शिक्षणको माध्यम अंग्रेजी हुने बाहेक अन्य क्रियाकलापमा अंग्रेजी भाषालाई अनिवार्य नगर्न पनि आग्रह गरेका छन् ।
काठमाडौंका धेरै विद्यालयले विद्यार्थीहरुलाई विद्यालय परिसरमा अंग्रेजी बोल्नुपर्ने नियम बनाएका छन् । नियम उल्लंघन गरेमा विभिन्न कारबाही र जरिवानासमेत लगाउने गरेका छन् ।
अभिभावकहरुले गुनासो गरेपछि विद्यालयहरुलाई पत्र लेखेर अंग्रेजी भाषा बोल्न अनिवार्य नगर्न निर्देशन दिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
हेर्नुहोस् महानगरपालिकाको पत्र

रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






