दोस्रो मतदानबाट जर्मन चान्सलर बने मर्ज
कन्जरभेटिभ नेता फ्रेडरिक मर्जले दोस्रो प्रयासमा जर्मनीको नयाँ चान्सलर बनेका छन् । मंगलबार जर्मनीको संसद बुन्डेसटागमा नयाँ चान्सलरका लागि मतदान भएको थियो ।
पहिलो पटक भएको मतदानमा मर्जले बहुमतका लागि चाहिने भन्दा ६ मत कम पाए । जर्मनीमा सन् १९४९ यता चान्सलरका कुनै पनि उम्मेदवारले संसदमा सजिलै बहुमत पाएका थिए । तर मर्जले बहुमत नपाएपछि यो उनको प्रतिष्ठासँग जोडिएको थियो ।
करिब एक घण्टापछि राजनीतिक दल र बुन्डेसटागका अध्यक्ष पुनः मतदान गर्न तयार भएका थिए । दोस्रो पटकको मतदानमा भने मर्जले चान्सलरका लागि आवश्यक मत पाएका थिए । ६३० सदस्यीय संसदमा उनले दोस्रो पटकको मतदानमा ३२५ मत पाए ।
६३० सदस्यीय संसदमा चान्सलरका लागि गोप्य मतदान भएको थियो । उनलाई आफ्नै दल कन्जरभेटिभ वा सत्ता सहयात्री दलका सांसद कसले मत दिएनन् भन्ने खुलेको छैन ।
जर्मनीमा सत्तारुढ गठबन्धनसँग ३२८ सांसद छन् । तर पहिलो मतदानमा यीमध्ये १८ जनाले मर्जको विपक्षमा मतदान गरेका थिए ।
चान्सलरमा निर्वाचित ६९ वर्षका मर्जले अब राष्ट्रपति फ्रांक वाल्टर स्टेनमरसँग शपथ लिनेछन् । त्यसपछि उनी र उनको मन्त्रिपरिषदका १७ सदस्यले पदभार ग्रहण गर्नेछ ।
रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






