दोस्रो मतदानबाट जर्मन चान्सलर बने मर्ज

कन्जरभेटिभ नेता फ्रेडरिक मर्जले दोस्रो प्रयासमा जर्मनीको नयाँ चान्सलर बनेका छन् । मंगलबार जर्मनीको संसद बुन्डेसटागमा नयाँ चान्सलरका लागि मतदान भएको थियो ।
पहिलो पटक भएको मतदानमा मर्जले बहुमतका लागि चाहिने भन्दा ६ मत कम पाए । जर्मनीमा सन् १९४९ यता चान्सलरका कुनै पनि उम्मेदवारले संसदमा सजिलै बहुमत पाएका थिए । तर मर्जले बहुमत नपाएपछि यो उनको प्रतिष्ठासँग जोडिएको थियो ।
करिब एक घण्टापछि राजनीतिक दल र बुन्डेसटागका अध्यक्ष पुनः मतदान गर्न तयार भएका थिए । दोस्रो पटकको मतदानमा भने मर्जले चान्सलरका लागि आवश्यक मत पाएका थिए । ६३० सदस्यीय संसदमा उनले दोस्रो पटकको मतदानमा ३२५ मत पाए ।
६३० सदस्यीय संसदमा चान्सलरका लागि गोप्य मतदान भएको थियो । उनलाई आफ्नै दल कन्जरभेटिभ वा सत्ता सहयात्री दलका सांसद कसले मत दिएनन् भन्ने खुलेको छैन ।
जर्मनीमा सत्तारुढ गठबन्धनसँग ३२८ सांसद छन् । तर पहिलो मतदानमा यीमध्ये १८ जनाले मर्जको विपक्षमा मतदान गरेका थिए ।
चान्सलरमा निर्वाचित ६९ वर्षका मर्जले अब राष्ट्रपति फ्रांक वाल्टर स्टेनमरसँग शपथ लिनेछन् । त्यसपछि उनी र उनको मन्त्रिपरिषदका १७ सदस्यले पदभार ग्रहण गर्नेछ ।

भारतको उत्तराखण्डमा भीषण बाढीले बस्ती नै बगायो, ४ जनाको मृत्यु, धेरै मानिस बेपत्ता

उच्चपदस्थ नेताको सम्पत्ति छानबिन आयोग बनाउन माओवादीको माग

बागमतीको मुख्यमन्त्रीमा कांग्रेस नेता बानियाँको दाबी

बागमतीमा २४ घण्टाभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

१२ वर्षकी चिनियाँ खेलाडीले वर्ल्ड च्याम्पियनसिपमा जितिन् पदक
