अपरेसन सिन्दुर : भारतको २५ मिनेट, पाकिस्तानमाथि ९ निशाना
भारतीय सुरक्षा अधिकारीहरुका अनुसार मंगलबार रातिदेखि पाकिस्तान र पाकिस्तान प्रशासित कश्मिरका ९ ठाउँमा आक्रमण गरिएको छ ।
भारतले यसलाई अपरेशन सिन्दुर नाम दिएको छ र, पहलगाम अक्रमणका पीडितहरुको न्यायका लागि आक्रमण गरेको दाबी गरेको छ ।
भारतले आतंकवादी समूहको मुख्यालय र तालिम केन्द्रहरुमा हमला गरेको दाबी पनि गरेको छ ।
यस क्रममा भारतीय फौजले अन्तर्राष्ट्रिय सीमाबाट करिव १०० किलोमिटरको दुरीमा रहेको स्थानलाई समेत निशाना बनाएको छ ।
पाकिस्तानी अधिकारीहरुले भने भारतीय आक्रमणमा निहत्था नागरिकलाई निशाना बनाएको दाबी गरेका छन् । र, यसको उचित जवाफ दिने बताएका छन् ।
२२ अप्रिलमा जम्मू कश्मिरको पहलगाममा आतंकवादी समूहले एक नेपालीसहित २६ जनाको हत्या गरेका थिए ।
त्यसयता भारतमा मोदी सरकारमाथि पाकिस्तानमा सैन्य कारबाहीका लागि निरन्तर दबाव बढेको थियो ।
मंगलबार राति भने भारतले ‘अपरेसन सिन्दुर’ नाममा पाकिस्तानमा हवाइ हमला गर्यो ।
यसबारे जानकारी दिन भारतीय विदेश मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरेको थियो । जसमा कर्णेल सोफिया कुरैसी र विङ कमाण्डर योमेका सिंहले अपरेसन सिन्दुरबारे जानकारी दिएका छन् ।
अपरेसन सिन्दुर राति १ बजेर ५ मिनेटदेखि १ बजेर ३० मिनेटसम्म चलेको थियो ।
यो आक्रमणमा ९ वटा आतंकवादी क्याम्पलाई लक्षित गरिएको थियो र, सबैलाई तहसनहस गरिएको भारतको दाबी छ ।
कहाँ कहाँ भयो आक्रमण ? विस्तृत जानकारी माथिको भिडियोमा
इरानको चक्रब्यूहमा फसे ट्रम्प
सीआर्ईएले ६ महिनादेखि फलो गरिरहेको थियो खामेनी
७४ लाख फलोअर्स, ४४ हजार भोट, डा. तस्निम जाराको कथा
१७ वर्षसम्म देश फर्किन सकेनन्, अहिले सोझै प्रधानमन्त्री
मरुभूमिबाट कसरी धनाढ्यको शहर बन्यो दुबई ?

-1773931562.jpeg)


-1773656815.jpeg)

