बालमन्दिर प्रकरणमा १७ जनाविरुद्ध ठगी मुद्दा
काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा भाडा प्रकरणमा १७ जनाविरुद्ध ठगी मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले नेपाल बाल संगठनकी तत्कालिन अध्यक्ष रीता सिंह वैद्यसहित १७ जनाविरुद्ध ठगी मुद्दा दर्ता गरेको हो ।
नेपाल बाल संगठनको जग्गा निकै सस्तो दरमा भाडामा लगाएको घटनामा निर्णय प्रक्रियामा सहभागीहरुमाथि मुद्दा चलाइएको हो ।
उनीहरुविरुद्ध ६० करोड रुपैयाँ भन्दा बढी विगो माग गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता रामहरि काफ्लेले जानकारी दिए ।
नक्सालमा रहेको बालमन्दिरमा अभिभावकको संरक्षण नपाएका बालबालिकाहरुलाई आश्रय दिएर राख्ने गरिएको छ । उनीहरुको पालन पोषण खर्च नेपाल बालमन्दिरको जग्गा भाडामा लगाएको रकमबाट हुँदै आएको छ ।
तर काठमाडौंकै महंगो ठाउँको जग्गा निकै सस्तो मूल्यमा र कानुन विपरीत संस्थालाई भाडामा लगाएको विषयमा ठगी मुद्दा चलेको हो ।
ठगी मुद्दा दायर भएको रीता सिंह वैद्य कांग्रेस नेता तथा हालका उपप्रधानमन्त्री प्रकाशमान सिंहकी दिदी हुन् ।
रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?


-1761836913.jpg)






