बालमन्दिर प्रकरणमा १७ जनाविरुद्ध ठगी मुद्दा
काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा भाडा प्रकरणमा १७ जनाविरुद्ध ठगी मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले नेपाल बाल संगठनकी तत्कालिन अध्यक्ष रीता सिंह वैद्यसहित १७ जनाविरुद्ध ठगी मुद्दा दर्ता गरेको हो ।
नेपाल बाल संगठनको जग्गा निकै सस्तो दरमा भाडामा लगाएको घटनामा निर्णय प्रक्रियामा सहभागीहरुमाथि मुद्दा चलाइएको हो ।
उनीहरुविरुद्ध ६० करोड रुपैयाँ भन्दा बढी विगो माग गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता रामहरि काफ्लेले जानकारी दिए ।
नक्सालमा रहेको बालमन्दिरमा अभिभावकको संरक्षण नपाएका बालबालिकाहरुलाई आश्रय दिएर राख्ने गरिएको छ । उनीहरुको पालन पोषण खर्च नेपाल बालमन्दिरको जग्गा भाडामा लगाएको रकमबाट हुँदै आएको छ ।
तर काठमाडौंकै महंगो ठाउँको जग्गा निकै सस्तो मूल्यमा र कानुन विपरीत संस्थालाई भाडामा लगाएको विषयमा ठगी मुद्दा चलेको हो ।
ठगी मुद्दा दायर भएको रीता सिंह वैद्य कांग्रेस नेता तथा हालका उपप्रधानमन्त्री प्रकाशमान सिंहकी दिदी हुन् ।
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति








