Podcasts
'श्वेतपत्र हेरेर केहीले खुट्टा उचालेका छन्'
- चार महिना मात्र कार्यकाल बाँकी रहेका विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले चैत ११ गते बर्खास्त गर्यो । उनको स्थानमा हितेन्द्रदेव शाक्य नियुक्त भए । उनी सुरूबाटै विवादमा तानिएका छन् ।
- सुरूमै कर्मचारी सरूवाको अधिकार मन्त्रीलाई दिए । त्यसपछि एक महिना लगाएर प्राधिकरणबारे श्वेतपत्र तयार गरे । जसमा उनले प्राधिकरण वित्तीय रुपमा समस्यामा रहेको देखाउन प्रयत्न गरेका छन् । उनले कुलमानको कार्यकालमा प्राधिकरणले जथाभावी खर्च भएको देखाउन खोजेका छन् ।
- श्वेतपत्रमा कतिपय तथ्यांक म्यानुपुलेसन भएको छ । शाक्यले आयकर समायोजन र सम्पत्तिको मूल्यमा आएको ह्रासलाई देखाएर प्राधिकरण ५ अर्ब सञ्चित घाटामा रहेको तथ्यांक प्रस्तुत गरेका छन् ।
- चुहावट बढेको देखाउने गरी तथ्यांक ल्याएका छन् । ९९ प्रतिशत पुगेको भनिएको विद्युतीकरणलाई ८४ प्रतिशत मात्रै हो भनेका छन् ।
- विद्युत प्राधिकरणमा अहिले १० अर्ब १० करोड नगद मौज्दात छ । तर श्वेतपत्रमा यो मौज्दात रकम दैनिक सञ्चालनका लागि न्युनतम् जगेडा भएको उल्लेख गरेका छन् । १० अर्ब ऋण लिन लागेको बताएका छन् ।
- नाफामा रहेको प्राधिकरण रातारात संकटमा देखिएको छ । त्यसैले उनले ल्याएका श्वेतपत्रमा तथ्यांकमा अनेक प्रश्न उठेका छन् । फेरि उनी आएपछि बत्ती जाने क्रम बढेको गुनासो व्याप्त छ ।
- यिनै सन्दर्भमा हामीले कार्यकारी निर्देशक शाक्यसँग यो पडकास्ट गरेका छौं । उनले श्वेत हेरेर केहीले खुट्टा उचालेको भन्दै त्यसले नै प्राधिकरणको अवस्था देखाएको बताएका छन् । के-भने शाक्यले हेर्नुस् पूरा भिडियो हेर्नुहोला ।
प्रकाशित मिति:
बिहीबार, वैशाख २५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
Podcasts
त्रिशूली किनारका बचेका बस्ती किन छन् झनै ठूलो जोखिममा ?
आइतबार, असोज ४, २०८३
'गाउँ-गाउँका युवा परे, कतिको त जलाउने मान्छे समेत बचेनन्'
मंगलबार, भदौ १६, २०८३
नेपालले बनाउनैपर्ने पूर्वाधार काठमाडौं-रक्सौल रेलमार्ग हो
शुक्रबार, भदौ १२, २०८३
बेलायतले माफी माग्नुपर्छ, गोर्खा भर्ती बन्द गर्नुहुन्न
शुक्रबार, भदौ १२, २०८३
देउवाको शक्ति सकिएको छैन, समस्या इगो मात्र हो
बुधबार, साउन २०, २०८३
शंकर–विद्या जो आएपनि हुन्छ, ओलीले छाड्नैपर्छ
शनिबार, साउन २, २०८३
ट्रेन्डिङ








