भारत र पाकिस्तानबीच युद्धबिराम
भारत र पाकिस्तान तत्काल युद्धबिराम गर्न सहमत भएका छन् । युद्धबिराम शनिबार अपरान्ह ५ बजेदेखि लागू भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमा एक स्टाटस लेख्दै अमेरिकाको लामो प्रयासपछि भारत र पाकिस्तान तत्काल युद्धबिराम गर्न सहमत भएको दाबी गरेका छन् । जसलाई भारत र पाकिस्तान दुबै देशका अधिकारीहरुले स्वीकार गरेका छन् ।
डोनाल्ड ट्रम्पले भनेका छन्, ‘धेरै रातसम्म गरिएको अमेरिकाको मध्यस्थतापछि म यो भन्न पाउँदा खुशी छु कि, भारत र पाकिस्तान तत्कालै र पूरा युद्धबिराम गर्न सहमत भएका छन् ।
उनले युद्धबिरामका लागिभारत र पाकिस्तान दुबैले परिपक्व व्यवहार देखाएको भन्दै ट्रम्पले धन्यवाद पनि दिएका छन् ।
पाकिस्तानका उपप्रधानमन्त्री इशाक दरले पनि युद्धबिरा मगर्न सहमत भएको पुष्टि गरेका छन् ।
उनले भनेका छन्, ‘पाकिस्तानले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा सम्झौता नगरी सधैं यस क्षेत्रमा शान्ति र सुुरक्षाका लागि सधैं प्रयासरत छ ।’
दुई हप्ताअघि भारतको जम्मुकश्मिरमा आतंकवादी समूहको आक्रमणमा परी २६ जनाको मृत्युको थियो । त्यस घटनाको बदला भन्दै भारतले वैशाख २४ गते पाकिस्तानमाथि आक्रमण गरेको थियो । त्यसपछि पाकिस्तानले पनि जवाफी कारबाही गर्दा दुबै देशबीच युद्ध चलेको थियो ।
सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



