राजपत्र अनंकितलाई पनि उपसचिव र सहसचिवमा प्रतिस्पर्धा गर्न दिन माग
राज्य व्यवस्था समिति सभापतिलाई बुझाए ७२ सय हस्ताक्षर
राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानले संघीय निजामती सेवा ऐनमा समेट्नुपर्ने आफ्ना १० वुँदे माग र देशभरबाट संकलन गरेको हस्ताक्षर राज्य व्यवस्था समितिमा बुझाएको छ ।
राजपत्र अनंकित कर्मचारीले पाँच वर्ष सेवा अवधि पुगेका कर्मचारीलाई एक तह र १० बर्ष सेवा गरेका कर्मचारीलाई एक श्रेणी वा दुई तह बढुवा गर्न माग गरेका छन् ।
त्यस्तै शाखा अधिकृतमा बढुवाबाट ४० प्रतिशत र आन्तरिक प्रतियोगिताबाट १० प्रतिशत छनोट गर्न पनि माग गरेका छन् ।
योग्यता पुगेका राजपत्र अनंकित कर्मचारीले उपसचिव र सहसचिवमा पनि प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग पनि राखेका छन् ।
प्रदेश र स्थानीय तहका कर्मचारीको प्रदेशभित्र स्वचालित सरुवा प्रणाली र अन्तरप्रदेश सरुवाको व्यवस्था लागु गर्नुपर्ने, पुनरावलोकन तथा समायोजित कर्मचारीको प्रदेश र स्थानीय कानुनले प्रदान गरेका पेन्सनसमेतका सेवा सुविधालाई मान्यता दिनुपर्ने पनि उनीहरुको माग छ ।
अभियानले ७२ सय जना कर्मचारीको हस्ताक्षरसहितको मागपत्र राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडालाई बुझाएको सचिव प्रकाश भट्टराईले जानकारी दिए ।
हेर्नुहोस् मागहरु

रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?


-1761836913.jpg)






