राजावादीहरुले काठमाडौंमा जेठ ८ देखि जागरण सभा गर्ने
राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले जेठ १५ देखि हुने आन्दोलनमा सहभागिता जुटाउन विभिन्न कार्यक्रम घोषणा गरेको छ ।
आइतबार राप्रपाको कार्यालयमा बसेको समितिको बैठकले जेठ ६ गते राजसंस्था र हिन्दू राष्ट्रपति आस्था राख्ने प्रवुद्ध व्यक्तिहरुको भेला गर्ने र जेठ ८, ९, १० र ११ गते काठमाडौंमा जनजागरण यात्रा गर्ने निर्णय गरेको छ ।
जनजागरण यात्रा जेठ ८ गते साँखुबाट सुरु गर्ने र जेठ ११ गते भक्तपुरको चाँगुनारायणमा अन्त्य गर्ने संयोजक नवराज सुुवेदीले जानकारी दिए ।
त्यस्तै आन्दोलनमा सहभागिता जुटाउन उपत्यकाबाहिर बाट पनि काठमाडौं आउन आह्वान गर्ने समितिले जनाएको छ । त्यसका लागि जेठ १५ गते काठमाडौं जाउँ नारासहित अभियान सञ्चालन हुने जनआन्दोलन समितिले जनाएको छ ।
समितिले तीनकुने घटनामा संलग्नताको आरोपमा हाल हिरासतमा रहेकाहरुलाई रिहा गर्न सरकारसँग माग गरेको छ ।
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति








