राजावादीहरुले काठमाडौंमा जेठ ८ देखि जागरण सभा गर्ने
राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले जेठ १५ देखि हुने आन्दोलनमा सहभागिता जुटाउन विभिन्न कार्यक्रम घोषणा गरेको छ ।
आइतबार राप्रपाको कार्यालयमा बसेको समितिको बैठकले जेठ ६ गते राजसंस्था र हिन्दू राष्ट्रपति आस्था राख्ने प्रवुद्ध व्यक्तिहरुको भेला गर्ने र जेठ ८, ९, १० र ११ गते काठमाडौंमा जनजागरण यात्रा गर्ने निर्णय गरेको छ ।
जनजागरण यात्रा जेठ ८ गते साँखुबाट सुरु गर्ने र जेठ ११ गते भक्तपुरको चाँगुनारायणमा अन्त्य गर्ने संयोजक नवराज सुुवेदीले जानकारी दिए ।
त्यस्तै आन्दोलनमा सहभागिता जुटाउन उपत्यकाबाहिर बाट पनि काठमाडौं आउन आह्वान गर्ने समितिले जनाएको छ । त्यसका लागि जेठ १५ गते काठमाडौं जाउँ नारासहित अभियान सञ्चालन हुने जनआन्दोलन समितिले जनाएको छ ।
समितिले तीनकुने घटनामा संलग्नताको आरोपमा हाल हिरासतमा रहेकाहरुलाई रिहा गर्न सरकारसँग माग गरेको छ ।
रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?


-1761836913.jpg)






